+
+
Shares

सीटीईभीटीका करार कर्मचारी आन्दोलनमा, के हो माग ?

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन १५ गते १५:१२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) अन्तर्गतका १६०० भन्दा बढी करार तथा ज्यालादारी कर्मचारीहरूले सेवा सुरक्षाको माग गर्दै आन्दोलन सुरु गरेका छन्।
  • संघर्ष समितिका सहसंयोजक ई. युकेश गौतमले भने, ‘करार कर्मचारीहरू सेवा सुरक्षाको अभाव, सामाजिक सुरक्षाको सुनिश्चितता नभएको र श्रमिकमैत्री वातावरणको कमी तथा व्यवस्थापनको कारण आन्दोलनमा उत्रिन बाध्य भएका हौं।’
  • कर्मचारीहरूले साउन १४ गतेदेखि अनिश्चितकालीन पेन डाउन सुरु गरेका छन् भने साउन २५ गते परिषद्को केन्द्रीय कार्यालयमा धर्ना दिने कार्यक्रम घोषणा गरेका छन्।

१५ साउन, काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) अन्तर्गत देशभर कार्यरत करार, मासिक तथा दैनिक ज्यालादारी कर्मचारीले आन्दोलन सुरु गरेका छन् । सामाजिक सुरक्षा तथा सेवाको सुनिश्चितताको माग गर्दै चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गरिएको  संघर्ष समिति का सहसंयोजक ई. युकेश गौतमले बताए ।

‘करार कर्मचारीहरू सेवा सुरक्षाको अभाव, सामाजिक सुरक्षाको सुनिश्चितता नभएको र श्रमिकमैत्री वातावरणको कमी तथा व्यवस्थापनको कारण आन्दोलनमा उत्रिन बाध्य भएका हौं,’ उनले भने ।

संघर्ष समितिले देशभरका कार्यालय प्रमुखलाई ज्ञापनपत्र बुझाएको छ । साउन १४ गतेदेखि दैनिक बिहान ११:०० बजेदेखि दिउँसो ३:०० बजेसम्म अनिश्चितकालीन पेन डाउन कार्यक्रम सञ्चालन गरिएको उनले बताए ।

गौतमका अनुसार व्यस्थापनले कुनै सुनुवाइ नगरेको हुनाले देशभर रहेका ६७ वटा आङ्गिक शिक्षालयका १६०० भन्दा बढी करार तथा ज्यालादारी कर्मचारीहरू आन्दोलमा छन् ।

साउन १५ गतेदेखि १८ गतेसम्म परिषद् अन्तर्गतका शिक्षालयहरुको शैक्षिक, प्रशासनिक तथा आर्थिक शाखाको कामकाज बन्द गर्ने र २२ गते देखि शैक्षिक गतिविधि, परीक्षा सम्बन्धी सम्पूर्ण कामकाज ठप्प पारेर धर्ना कार्यक्रम सञ्चालन गरिने समितिले जनाएको छ ।

साउन २५ गते  परिषद्को केन्द्रीय कार्यालयमा देशभरका १६०० करार तथा ज्यालादारी कर्मचारीहरुले धर्ना कार्यक्रम सञ्चालन गर्ने समितिले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?