+
+
Shares

नयाँ पाठ्यक्रम स्वीकृतिका लागि सिफारिस

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन १५ गते १६:२९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्ले विद्यालय शिक्षाका नयाँ पाठ्यक्रम स्वीकृतिका लागि शिक्षा तथा खेलकुद मन्त्रालयमा सिफारिस गरेको छ।
  • परिषद्को ९९औँ बैठकले कक्षा ६ देखि १२ सम्मका विभिन्न विषयका नयाँ पाठ्यक्रम मन्त्रालयमा पठाउने निर्णय गरेको छ।
  • यस सिफारिसमा मातृभाषा, जनसङ्ख्या अध्ययन, तन्त्रशास्त्र तथा कानुन विषयसँग सम्बन्धित विभिन्न पाठ्यक्रमहरू समावेश गरिएको छ।

१५ साउन, काठमाडौं ।  राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्ले विद्यालय शिक्षाका नयाँ पाठ्यक्रम स्वीकृतिका लागि शिक्षा तथा खेलकुद मन्त्रालयमा सिफारिस गरेको छ ।

परिषद्को ९९औँ बैठकले विद्यालय शिक्षाका विभिन्न तहका नयाँ पाठ्यक्रम स्वीकृतिका सिफारिस गरेको हो ।

शिक्षा तथा खेलकुद मन्त्रीको अध्यक्षतामा बसेको बैठकले आधारभूत शिक्षा (कक्षा ६–८) अन्तर्गत मातृभाषा समूहका अवधी र मगर ढुट विषयका पाठ्यक्रम स्वीकृतिका लागि मन्त्रालयमा सिफारिस गर्ने निर्णय गरेको छ  ।

त्यसैगरी, माध्यमिक शिक्षा (कक्षा ९–१०) का जनसङ्ख्या अध्ययन र तन्त्रशास्त्र विषयका पाठ्यक्रम पनि स्वीकृतिका लागि शिक्षा तथा खेलकुद मन्त्रालयमा सिफारिस गर्ने निर्णय गरिएको छ ।

यसैगरी, माध्यमिक शिक्षा (कक्षा ११–१२) अन्तर्गत संवैधानिक कानुन, देवानी तथा फौजदारी कानुन र न्याय, कार्यविधि कानुन, कानुनी मसौदा, तथा विधिशास्त्र तथा नेपाली कानुनी प्रणाली विषयका पाठ्यक्रम स्वीकृतिका लागि मन्त्रालयमा सिफारिस गर्ने निर्णय बैठकले गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?