+
+
Shares

लघुवित्त पीडित र सरकारबीच वार्ता सुरु

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन १५ गते १७:४२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • आन्दोलनरत लघुवित्त पीडित र सरकारबीच माग सम्बोधनका लागि अर्थ मन्त्रालयमा दोस्रो दिनको वार्ता पुनः सुरु भएको छ ।
  • पीडितहरूले सर्वोच्च अदालतको परमादेश कार्यान्वयनको माग गर्दै मंगलबारदेखि माइतीघरमा अनिश्चितकालीन सामूहिक आमरण अनशन सुरु गरेका छन् ।
  • सरकारले अर्थ मन्त्रालयका सहसचिव महेश आचार्यको संयोजकत्वमा पाँच सदस्यीय वार्ता टोली गठन गरी समस्या समाधानको प्रयास अघि बढाएको छ ।

१५ साउन, काठमाडौं । आन्दोलनरत लघुवित्त पीडित र सरकारबीच दोस्रो दिनको वार्ता सुरु भएको छ । बिहीबार निष्कर्षमा पुग्न नसकेको वार्ता शुक्रबार साँझाबाट पुन सुरु भएको हो ।

अर्थमन्त्रालयमा सुरु भएको उक्त वार्तामा सरकारी पक्षको वार्ता टोली र आन्दोलनरत पीडित समूहका प्रतिनिधिको सहभागिता रहेको छ । अर्थ मन्त्रालयले गठन गरेको वार्ता टोली र लघुवित्त पीडितसँग बिहीबार भएको वार्ता सकारात्मक र समाधान उन्मुख रहेको मन्त्रालयले दाबी गरेको छ ।

लघुवित्त पीडितले मंगलबारदेखि माइतीघरमा सामुहिक आमरण अनशन सुरु गरेका छन् । सरकारले सर्वोच्च अदालतको परमादेश कार्यान्वयन गर्नुपर्ने माग गर्दै पीडितले अनिश्चितकालीन सामुहिक आमरण अनशन सुरु गरेका हुन् ।

सर्वोच्च अदालतले सरकार, नेपाल राष्ट्र बैंक र लघुवित्त बैंकर्स संघलाई लघुवित्त पीडितका समस्या समाधान गर्ने सहमतिलाई कार्यान्वयन गर्न परमादेश दिएको थियो । त्यसका साथै सर्वोच्चले फैसला कार्यान्वयनको निर्देशन समेत दिइसकेको अवस्था हुँदा पनि सरकारले चासो नदेखाएपछि झरीको प्रवाह नगरी पीडित आन्दोलनमा उत्रेका हुन् ।

पीडितले आमरण अनुसार सुरु गरेपछि सरकारले बिहीबार मन्त्रीस्तरीय निर्णय गर्दै अर्थ मन्त्रालयका सहसचिव महेश आचार्यको संयोजकत्वमा वार्ता टोली गठन गरको थियो। समितिका सदस्यहरूमा कानुन मन्त्रालयका सहसचिव विनोदकुमार भट्टराई, गृह मन्त्रालयका सहसचिव सुरेश पन्थी र नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक रामु पौडेल रहेका छन् । वार्ता समितिको सदस्य सचिवमा अर्थ मन्त्रालयका उपसचिव बोलराज आचार्य रहेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?