+
+
Shares

लघुवित्त पीडित : साउने झरीमा सडकमै गाँस, सडकमै बास

देशभरिबाट काठमाडौंको माइतीघरमा जम्मा भएका लघुवित्त पीडित चामल, ग्याँस सिलिन्डरदेखि सिरक डस्ना समेत बोकेर ल्याएका छन् । उनीहरुले माइतीघरको सडकमै झरीमा भिज्दै रात कटाएका छन् ।

आर्यन धिमाल आर्यन धिमाल
२०८३ साउन १४ गते ९:३०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • लघुवित्त पीडितहरूले सर्वोच्च अदालतको परमादेश कार्यान्वयनको माग गर्दै माइतीघर सडक किनारमा साउने झरीको प्रवाह नगरी सामूहिक आमरण अनशन सुरु गरेका छन् ।
  • आन्दोलनरत डेढ सय पीडितमध्ये ४२ जना आमरण अनशनमा छन् भने उनीहरूले त्रिपाल र प्लास्टिकको ओतमा कष्टकर रात बिताउन बाध्य भएका छन् ।
  • समितिका उपाध्यक्ष मिनप्रसाद चौलागाईंले सरकारले समस्या समाधान नगर्दासम्म आफूहरूको आन्दोलन निरन्तर रहने बताएका छन् ।

१४ साउन, काठमाडौं । लघुवित्त पीडितहरुले साउने झरीको रात माइतीघरको सडक किनारमै काटेका छन् । उनीहरुमध्ये ४२ जना सामूहिक आमरण अनशनमा छन् ।

सरकारले सर्वोच्च अदालतको परमादेश कार्यान्वयन गर्नुपर्ने माग गर्दै लघुवित्त पीडितहरुले मंगलबारदेखि सामूहिक आमरण अनशन सुरु गरेका थिए । करिब डेढ सयको संख्यामा रहेकामध्ये हाल ४२ जना सामूहिक आमरण अनशनमा छन् । अन्यले भने सडकमै खाना खाएका थिए ।

त्रिपाल र प्लास्टिकमा ओत लाग्ने प्रयास गर्दै उनीहरुले रात काटेका थिए । केहीले भने ओत समेत पाएनन् । उनीहरु पसलका सटर अगाडि पेटीमा कुक्रुक्क परेर रुझ्दै बसेको देखिन्थ्यो ।

सर्वोच्च अदालतले सरकार, नेपाल राष्ट्र बैंक र लघुवित्त बैंकर्स संघलाई लघुवित्त पीडितका समस्या समाधान गर्ने सहमतिलाई कार्यान्वयन गर्न परमादेश दिइसकेको अवस्था हुँदा पनि सरकारले चासो नदेखाएपछि झरीको प्रवाह नगरी पीडित आन्दोलनमा उत्रेका हुन् ।

लघुवित्त तथा वित्तीय शोषणविरुद्ध संघर्ष समितिका अध्यक्ष मनिराम ज्ञवाली सहित विभिन्न जिल्लाबाट प्रतिनिधित्व गर्दै पीडितहरु सामूहिक आमरण अनशनमा छन् ।

देशभरिबाट काठमाडौंको माइतीघरमा जम्मा भएका लघुवित्त पीडित चामल, ग्याँस सिलिन्डरदेखि सिरक डस्ना समेत बोकेर ल्याएका छन् । आन्दोलन गरेको धेरै समय भएकाले सरकारले पीडितका समस्या समाधान नगर्दासम्म निरन्तर आन्दोलन गर्ने समितिका उपाध्यक्ष मिनप्रसाद चौलागाईंले बताए ।

लेखक
आर्यन धिमाल

धिमाल अनलाइनखबरका फोटो पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?