+
+
Shares

सिरहाको मिर्चैयामा सामाजिक सद्भाव र्‍याली, गोलबजार र लहानमा कर्फ्यू कायमै

सुरेश राय सुरेश राय
२०८३ साउन १५ गते १८:२६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सिरहाको मिर्चैयामा सामाजिक सद्भाव कायम राख्ने उद्देश्यले सबै समुदायको सहभागितामा आज सद्भाव र्‍याली निकालिएको छ ।
  • सुनसरी घटनापछि गोलबजारमा भएको झडपमा प्रहरीको गोली लागेर १५ वर्षीय गणेश यादवको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् ।
  • तनावपूर्ण अवस्थालाई मध्यनजर गर्दै सिरहाको गोलबजार र लहान नगरपालिका क्षेत्रमा आज पनि स्थानीय प्रशासनले कर्फ्यु जारी राखेको छ ।

१५ साउन, सिरहा । सिरहाको मिर्चैयामा आज सामाजिक सद्भाव र्‍याली निकालिएको छ । मिर्चैयामा सर्वदलीय बैठक बसी सद्भाव र्‍याली निकाल्ने सहमति अनुसार निकालिएको हो ।

‘हिन्दु–मुस्लिम एक हौं, बौद्ध, सिख–ईसाई आपस मे भाइ–भाइ’ नारासहित निस्केको सद्भाव र्‍यालीले मिर्चैयाको विभिन्न चोकको परिक्रमा गरेको थियो । र्‍यालीमा सबै समुदायको उपस्थिति थियो ।

सुनसरी घटनालाई लिएर सिरहाको गोलबजारमा बिहीबार दुई पक्षबीच झडप भएको थियो ।

अवस्था नियन्त्रणमा लिने क्रममा प्रहरीको गोलीबाट सिरहा औरही गाउँपालिका २ तुलसीपुरका करिव १५ वर्षीय गणेश यादवको मृत्यु भएको थियो भने धनुषाधाम घर भएका सुभाष ठाकुर घाइते भएका थिए । ठाकुरको उपचार भइरहेको छ ।

सिरहाको आज पनि गोलबजार र लहान नगरपालिका आसपासको क्षेत्रमा कर्फ्यु जारी छ । सिरहाको चोक चोकमा सुरक्षाकर्मीहरूको बाक्लो उपस्थिति छ । सडक, बजार पसलहरू सुनसान छन् ।

लेखक
सुरेश राय

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?