+
+
Shares

सामाजिक सद्‌भाव खलबल्याएको आरोपमा मधेशका पाँच जिल्लामा ३६ जना पक्राउ

प्रहरी प्रधान कार्यालयका अनुसार सिरहा, धनुषा, सर्लाही, महोत्तरी र पर्सामा ३६ जना पक्राउ परेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन १५ गते १८:३८

१५ साउन, काठमाडौं । नेपाल प्रहरीले मधेशका पाँच जिल्लाबाट सामाजिक सद्भावमा खलल पुर्‍याएको आरोपमा ३६ जना पक्राउ गरेको छ ।

प्रहरी प्रधान कार्यालयका अनुसार सिरहा, धनुषा, सर्लाही, महोत्तरी र पर्सामा ३६ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सबैभन्दा बढी धनुषामा १९ जना छन् । यस्तै, सर्लाहीमा ९, सिरहामा ५, महोत्तरीमा २ र पर्सामा एक जना पक्राउ परेको प्रहरीले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?