१६ साउन, इटहरी । जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लाका विभिन्न क्षेत्रमा जारी गरिएको कर्फ्यु आदेश हटाउँदै निषेधाज्ञा लागू गरेको छ।
प्रमुख जिल्ला अधिकारीको आदेश अनुसार साउन १२ गते राति ९ बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि लगाइएको कर्फ्यु आज बिहान साढे ५ बजेदेखि साँझ ५ बजेसम्म हटाइएको हो।
निषेधाज्ञा जारी गरिएको क्षेत्र मा एकै स्थानमा पाँच जनाभन्दा बढी व्यक्ति भेला हुन, जुलुस, प्रदर्शन, सभा, बैठक वा धर्ना गर्न नपाइने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालयले शान्ति-सुरक्षा तथा सार्वजनिक सुव्यवस्था कायम राख्ने उद्देश्यले कर्फ्यु हटाएर निषेधाज्ञा जारी गरिएको जनाएको छ। साथै, निषेधाज्ञा अवधिमा सर्वसाधारणलाई आदेशको पूर्ण पालना गर्न प्रशासनले आग्रह गरेको छ।
निषेधाज्ञा लागू हुने क्षेत्र
• इटहरी उपमहानगरपालिका वडा नं. १६ र १७ अन्तर्गत महेन्द्र राजमार्गको दायाँ–बायाँ २०० मिटर क्षेत्र
• रामधुनी नगरपालिका वडा नं. १ र २ अन्तर्गत महेन्द्र राजमार्गको दायाँ–बायाँ २०० मिटर क्षेत्र
• इनरुवा नगरपालिकाको सम्पूर्ण क्षेत्र
• दुहबी नगरपालिकाको सम्पूर्ण क्षेत्र
• भोक्राहा नरसिंह गाउँपालिकाको सम्पूर्ण क्षेत्र
• कोशी गाउँपालिकाको सम्पूर्ण क्षेत्र
• गढी गाउँपालिकाको सम्पूर्ण क्षेत्र
• देवानगञ्ज गाउँपालिकाको सम्पूर्ण क्षेत्र
• हरिनगर गाउँपालिकाको सम्पूर्ण क्षेत्र
• बर्जु गाउँपालिकाको सम्पूर्ण क्षेत्र
प्रतिक्रिया 4