+
+
Shares

कांग्रेसको प्राकृतिक विपद् व्यवस्थापनसम्बन्धी आन्तरिक प्रशिक्षण सुरू

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन १६ गते ११:२१

१६ साउन, काठमाडौं । नेपाली कांग्रेसले प्राकृतिक विपद् व्यवस्थापनसम्बन्धी आन्तरिक प्रशिक्षण सुरू गरेको छ । केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोनजामा सानेपामा शनिबारदेखि तीन दिने प्रशिक्षण सुरू भएको हो ।

प्रतिष्ठानको १०-११ साउनमा बसेको छैठौं बैठकले प्राकृतिक विपद् व्यवस्थापनसम्बन्धी तीन दिने आन्तरिक प्रशिक्षण आयोजना गर्ने निर्णय गरेको थियो ।

‘विपद पूर्वतयारी तथा प्रतिकार्य प्रशिक्षण’ कार्यक्रममा इच्छुकहरू मध्येबाट चुनिएका ४० युवा मात्रै पहिलो चरणमा सहभागी हुने यसअघि नै कांग्रेसले बताएको थियो ।

प्रशिक्षणमा सैद्धान्तिक ज्ञानसँगै प्राविधिक सिप सिकाइनुका साथै अभ्याससमेत गराइने छ । प्राकृतिक विपद्को क्षेत्रमा लामो समयदेखि स्वदेश र विदेशमा कार्य गरिरहेका विषय विज्ञहरूले प्रशिक्षकका रूपमा सहजीकरण गरिने बताइएको छ ।

प्रशिक्षणमार्फत विपद्मा सचेतनादेखि प्रतिकार्यसम्मका लागि कार्य गर्न सक्ने दक्ष युवाशक्ति निर्माण हुने विश्वास कांग्रेसले लिएको गर्ने कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले जानकारी दिए ।

उपसभापति विश्वप्रकाश शर्माको नेतृत्वमा रहेको प्रतिष्ठानले आगामी दिनमा ‘हरेक जिल्लामा विपद् व्यवस्थापन स्वयंसेवक’ को अवधारणाबमोजिम अघि बढ्ने योजना बनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?