News Summary
Generated by OK AI. Editorially reviewed.- फिल्म ‘लज्जावती’को ट्रेलर सार्वजनिक भएको छ जसमा प्रेम, धोका र संघर्षको कथा चित्रण गरिएको छ ।
- राजबहादुर सानेले निर्देशन गरेको उक्त फिल्ममा मुकुन भुसाल र जानुका विश्वकर्मा मुख्य भूमिकामा देखिएका छन् ।
- आहा फिल्म्स प्रालिको प्रस्तुति रहेको सो फिल्म आगामी २९ साउनदेखि देशभरका सिनेमा हलमा प्रदर्शन हुने भएको छ ।
काठमाडौं । फिल्म ‘लज्जावती’को ट्रेलर युट्युबमा सार्वजनिक भएको छ । ट्रेलरले कथावस्तुबारे संक्षिप्त प्रकाश पार्छ ।
सम्बन्धमा हुने प्रेम, धोका र संघर्षको उतारचढावलाई ट्रेलरमा चित्रण गरिएको छ । यो पहिलो झलकमार्फत मुकुन भुसाल र जानुका विश्वकर्मालाई प्रेमिल जोडीको भूमिकामा देखाइएको छ ।
श्रीकृष्ण निरौला र कथा अघि बढेसँगै विभिन्न चुनौतिसँग जुध्नुपर्छ । फिल्मलाई राजबहादुर सानेले निर्देशन गरेका हुन् ।
फिल्ममा केशव रिजाल, धीरेन शाक्य, प्रिया रिजाल, हिउँवाला गौतम, विशाल पहारी, सिपी पौडेल, आरआर खड्का, विनोद श्रेष्ठ, दीपक थापा र काजल भुजेलले पनि अभिनय गरेका छन् ।
आहा फिल्म्स प्रालिको प्रस्तुतिमा निर्माण भएको फिल्मका प्रस्तुतकर्ता सौरभ वली हुन् । कमलप्रसाद शर्मा र सन्दीप कुमार रोकाया निर्माता रहेको फिल्मका कार्यकारी निर्माता दिनेश बुढाथोकी हुन् । यो फिल्म २९ साउनदेखि प्रदर्शन तयारीमा छ ।
प्रतिक्रिया 4