+
+
Shares

झापामा हेरोइन र प्रतिबन्धित औषधिसहित दुई जना भारतीय पक्राउ

झापामा खैरो हेरोइन र प्रतिबन्धित औषधिसहित दुई भारतीय नागरिक पक्राउ परेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन १६ गते १५:५६

१६ साउन, काठमाडौं । झापामा खैरो हेरोइन र प्रतिबन्धित औषधिसहित दुई भारतीय नागरिक पक्राउ परेका छन् । झापाको कन्काई नगरपालिका–२ स्थित एस फुल सेकुवा कर्नरबाट लागुऔषध नियन्त्रण ब्युरो काँकडभित्ता र इलाका प्रहरी कार्यालय सुरुङ्गाबाट खटिएको टोलीले ती दुई जना पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा भारतको बिहार राज्य, अररिया जिल्लाका २८ वर्षीय महमद एहवाल र सोही ठाउँका २७ वर्षीय अझर अन्सारी रहेको प्रहरीले जनाएको छ ।

उनीहरूबाट बाट १०२.३१० ग्राम हेरोइन, ७ हजार २०० क्याप्सुल ट्रामाडोल र ७ हजार ४५० वटा निट्जास्केल ट्याब्लेट बरामद गरेको प्रहरीले जनाएको छ ।

दुवैजनामाथि लागुऔषध सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?