१६ साउन, काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिकास्थित कप्तानगञ्जमा भएको झडपपछिको अवस्थाले मधेशका विभिन्न जिल्लामा देखिएको अशान्तिबीच प्रधानमन्त्री बालेन शाहले गत बिहीबार (१४ साउन) राष्ट्रका नाममा सम्बोधन गरे ।
बिहीबार साँझ प्रधानमन्त्री शाहले आफूले चलाउने विभिन्न सामाजिक सञ्जालमार्फत राष्ट्रका नाममा सम्बोधन गरेका थिए ।
फेसबुक, टिकटक र इन्स्टाग्राममार्फत उनले एकैपटक आफ्नो सम्बोधनको भिडियो सन्देश जारी गरेका थिए ।
४ मिनेट २९ सेकेन्डको उक्त भिडियो उनले सञ्जालमार्फत अपलोड गरेयता क्रमश: तराई–मधेशको अवस्था तनावमुक्त बन्दै गएको छ ।
काठमाडौं महानगरपालिकाको मेयर बन्नुअघिदेखि नै सामाजिक सञ्जालमा प्रधानमन्त्री बालेनको क्रेज अहिले पनि उस्तै छ । प्रायजसो: आफूले भन्नुपर्ने कुराहरू उनी सञ्जालमै पोष्ट गर्छन ।
सार्वजनिक कार्यक्रममा उति नदेखिने र सञ्जालबाटै आफ्नो कुरा प्रवाह गर्ने उनको यो शैली हो ।
यसैबीच पहिलोपटक राष्ट्रका नाममा उनले गरेको यो सम्बोधनको सामाजिक सञ्जालमा भ्युअर्स हेर्ने हो भने पनि लोभलाग्दो देखिन्छ ।
४७ लाख फेसबुक फलोअर्स भएको फेसबुक पेजमा उनको यो भिडियो समाचार तयार पार्दासम्म ९४ लाख मान्छेले हेरेको देखिन्छ ।
त्यस्तै, उनले इन्स्टाग्राममा अपलोड गरेको भिडियो शनिबार दिउँसोसम्म १ करोड १४ लाख मान्छेले हेरिसकेका छन् भने टिकटकमा ६२ लाखले हेरेको देखिन्छ ।
बालेनको भेरिफाइड इन्स्टाग्राम पेजमा २४ लाख फलोअर्स छन् भने ८ लाख ६० हजार फलोअर्स छन् ।
उनले राखेको यो भिडियो अन्य मिडियाका पेजहरूमा पनि लाखौंले हेरेका छन् ।
प्रतिक्रिया 4