+
+
Shares

सरकार पाँच वर्ष नटिक्ने पाँच महिनामै देखिइसक्यो, हामीले धेरै पर्खिनुपर्दैन : कुलमान घिसिङ

‘पाँच वर्षको सरकार भनेको छ, पाँच वर्ष नटिक्ने अवस्था पाँच महिनामै देखिइसकेको छ । हामीले पाँच वर्ष पनि कुरिरहनुपर्छ जस्तो मलाई लाग्दैन ।’

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन १६ गते १८:३७

१६ साउन, काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले बालेन शाह नेतृत्वको सरकार पाँच वर्ष नटिक्ने कुरा पाँच महिनामै देखिइसकेको टिप्पणी गरेका छन् । शनिबार पार्टीको एक कार्यक्रमलाई सम्बोधन गर्दै घिसिङले उज्यालो नेपाल पार्टीले देश चलाउन धेरै पर्खिनुनपर्ने बताएका हुन् ।

‘स्थानीय र प्रदेशको चुनाव चाँडै नै आउँदैछ । त्यसमा उज्यालो नेपाल पार्टीको सशक्त भूमिका रहनेछ । त्यसपछिको चुनावमा उज्यालो नेपाल पार्टीले यो देशको नेतृत्व गर्नेछ,’ घिसिङले भने, ‘पाँच वर्षको सरकार भनेको छ, पाँच वर्ष नटिक्ने अवस्था पाँच महिनामै देखिइसकेको छ । हामीले पाँच वर्ष पनि कुरिरहनुपर्छ जस्तो मलाई लाग्दैन ।’

यसैले उज्यालो नेपाल पार्टी यो देशको विकल्पका रूपमा देखिनुपर्ने उनले बताए ।

उज्यालो नेपाल पार्टी गत निर्वाचनमा हारेर पनि जितेको घिसिङले दाबी गरे । उनले भने, ‘हारेर नेपाली जनताले सबैभन्दा बढी माया गर्ने पार्टी उज्यालो नेपाल पार्टी हो । अहिले तपाईँ गाउँगाउँ, घरघरमा जानुस् यो पार्टीको नेतृत्व पङ्तिप्रति विश्वास छ । तपाईँहरू जित्नुपर्थ्यो, हामीले गल्ती गर्‍यौं भन्ने महशुस भइसकेको छ ।’

जनताको विश्वास भएसम्म पार्टी अगाडि बढ्ने उनले बताए । पुराना पार्टीप्रति जनताको विश्वास टुटिसकेको बताउँदै ती पार्टीले जेसुकै भनेपनि नपत्याउने उनले दाबी गरे ।

पुराना पार्टीका राम्रा नेतालाई उज्यालो पार्टीमा ठाउँ खाली रहेको बताउँदै उनले आउन आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?