+
+
Shares

जनतालाई केन्द्रमा राखेर ऐन बन्नुपर्छ : सांसद खाती

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन १६ गते २१:२१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसका सांसद खम्मबहादुर खातीले केही नेपाल ऐन संशोधन गर्ने ऐन मार्फत कानुन संशोधन गर्ने गलत अभ्यास भइरहेको बताएका छन्।
  • उनले सत्तापक्षले आफ्नो अनुकूलताका आधारमा कानुन बनाउँदा जनमुखी कानून निर्माणको सिद्धान्त कमजोर भएको र सर्वसाधारणमा प्रत्यक्ष असर परेको उल्लेख गरेका छन्।
  • सांसद खातीले कानुन निर्माणमा एकरूपता ल्याउन र विज्ञहरूको सहभागितामा स्पष्ट मापदण्ड कायम गर्न सरकारसँग माग गरेका छन्।

१६ साउन, काठमाडौं । नेपाली कांग्रेसका सांसद खम्मबहादुर खातीले नेपालमा ‘केही नेपाल ऐन संशोधन गर्ने ऐन’ भनेर गतल अभ्यासबाट कानुनको संशोधन गर्ने गरिएको आरोप लगाएका छन् ।

शनिबार बसेको विधायन व्यवस्थापन समितिको बैठकमा भएको ऐन कार्यान्वयन मापन: महत्व, अभ्यास, चुनौती र आगामी बाटो सम्बन्धी छलफलमा उनले यस्तो बताएका हुन् । सरकारले पटक–पटक ‘केही नेपाल ऐन संशोधन गर्न बनेको ऐन’ मार्फत आफूले चाहे अनुसारको कानुन संशोधन गर्ने गरेको उनको भनाइ थियो ।

सत्तामा रहेका पक्षले आफ्नो अनुकूलता र प्रतिकूलताका आधारमा कानुन बनाउने तथा संशोधन गर्ने गर्दा त्यसको प्रत्यक्ष असर सर्वसाधारणमा पर्ने उनको भनाइ छ । यसले जनमुखी कानुन निर्माणको सिद्धान्तलाई कमजोर बनाएको उनको दाबी छ ।

‘अब हामी कहाँ यो ऐन कानुन मापनको सन्दर्भमा हाम्रो विधायकी मापनमा पनि एउटा व्यवस्था छ । अब यो तीन वर्षदेखि पाँच वर्ष लेखेको छ, कसैमा तीन वर्ष लेखेको छ,’ उनले भने, ‘तर मापनको सन्दर्भमा कुरा गर्दाखेरि के भने नेपालमा एउटा अलिकति असहज र गलत सिस्टमको कार्यान्वयन के भइराखेको छ भने केही नेपाल संशोधन गर्न बनेको ऐन भन्ने जुन छ, त्यसले एउटा गलत सिस्टमको प्रक्रियाको त्यसले लबिङ गरिराखेको छ, त्यो दुर्भाग्य नै हो ।’

कानुन निर्माण गर्दा विज्ञहरू राखेर जनमुखी बनाउनुपर्नेमा जोड दिँदै उनले कानुनमा मापन तथा कार्यान्वयनका विषयमा एकरूपता नभएको उल्लेख गर्दै कतै तीन वर्ष र कतै पाँच वर्षको व्यवस्था राखिएको बताए ।

यस्ता प्रावधानमा स्पष्टता र समान मापदण्ड आवश्यक रहेको उनको भनाइ छ ।

‘अब केही नेपाल संशोधन गर्न बनेको ऐन भन्यो भने तपाईं हामीले के थाहा पाउँछौं भने अब यो सरकारलाई के आवश्यकता छ, उसको मकसद कहाँनेर फुलफिल हुन्छ, यो पब्लिकका लागि होइन, यो जबर्जस्त रुपमा लादिएको हो भन्ने सिस्टम बुझिन्छ । किनभने ऐन त जनतालाई हेरेर पब्लिकलाई हेरेर बनाउने हो, उसलाई केन्द्रमा राखेर बनाउने हो,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?