+
+
Shares

जनकपुरमा सरकार र संयुक्त हिन्दु मोर्चाबीच सहमति

सोही अनुसार नेपाल सरकारले काम गर्नेगरी दुवै पक्षबीच सहमति भएको धनुषाका सहायक प्रमुख जिल्ला अधिकारी भूदेव झाले जानकारी दिए ।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन १६ गते २२:०३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • जनकपुरमा आन्दोलनरत हिन्दुवादी मोर्चा र सरकारी पक्षबीच १३ बुँदे मागमा सहमति जुटेको छ ।
  • हिन्दू राष्ट्रको विषयसहितका मागमा छलफल गर्न सरकारलाई तीन महिनाको समय दिइएको धनुषाका सहायक प्रमुख जिल्ला अधिकारी भूदेव झाले जानकारी दिनुभयो ।
  • सुनसरी घटनापछि मधेशमा देखिएको तनाव कम गर्न गृहमन्त्री सुधन गुरुङ र स्थानीय जनप्रतिनिधिहरूबीच वार्ता भएको हो ।

१६ साउन, जनकपुरधाम । जनकपुरमा भएको सरकारी पक्ष र आन्दोलनरत हिन्दुवादी मोर्चाबीच सहमति भएको छ ।

शनिबार भएको दुई चरणको वार्तापछि सहमति भएको धनुषाका सहायक प्रमुख जिल्ला अधिकारी भूदेव झाले जानकारी दिए ।

वार्तामा आन्दोलनरत पक्षले हिन्दू राष्ट्र कायमसहित १३ बुँदे मागपत्र राखेका थिए ।

सोही अनुसार नेपाल सरकारले काम गर्नेगरी दुवै पक्षबीच सहमति भएको धनुषाका सहायक प्रमुख जिल्ला अधिकारी भूदेव झाले जानकारी दिए ।

सुनसरी घटनापश्चात मधेशमा उत्पन्न तनाव कम गर्दै आपसी शान्ति, सद्भाव, सहिष्णुता कायम गर्न नेपाल सरकारका गृहमन्त्री सुधन गुरुङसहित मधेश प्रदेश सरकार र स्थानीय सरकारका प्रतिनिधिहरूबीच वार्ता भएको हो ।

यसअघि दिउँसो पनि पहिलो चरणमा वार्ता भएको थियो । जसमा आन्दोलनरत पक्षले आफ्ना मागहरू राखेका थिए ।

१३ बुँदे मागमा हिन्दू राष्ट्रको विषय पनि उल्लेख छ । त्यसमा थप छलफल गर्न सरकारलाई ३ महिनाको समय दिएर सहमति जुटेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?