News Summary
Generated by OK AI. Editorially reviewed.- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार स्थानीय बजारमा कागतीको थोक मूल्यमा प्रतिकिलो २२ रुपैयाँले गिरावट आएको छ ।
- गत शनिबार प्रतिकिलो १ सय ८० रुपैयाँमा कारोबार भएको कागतीको मूल्य आज घटेर १ सय ५८ रुपैयाँ कायम भएको छ ।
- गत वर्ष साउनको पहिलो सातामा कागतीको मूल्य प्रतिकिलो १ सय ३५ रुपैयाँ रहेको थियो ।
१७ साउन, काठमाडौं । स्थानीय बजारमा कागतीको भाउ घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले आइतबार कागतीको भाउ घटेको देखाएको हो ।
आज आइतबार कागतीको भाउ थोकमा प्रतिकिलो २२ रुपैयाँ घटेको छ ।
हिजो शनिबार कागती किलोको १ सय ८० रुपैयाँमा किनबेच भएको थियो । आज भने कागतीको भाउ प्रतिकिलो १ सय ५८ रुपैयाँ कायम छ ।
गत वर्ष साउन पहिलो साता भने कागती प्रतिकिलो १ सय ३५ रुपैयाँमा किनबेच भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4