+
+
Shares

५ वटा बैंकिङ कसुर मुद्दाका फरार अभियुक्त पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन १७ गते १२:१४

१७ साउन, काठमाडौं । पाँच वटा बैंकिङ कसुर मुद्दाका फरार अभियुक्त पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा धादिङको ज्वालामुखी गाउँपालिका-३ का ३३ वर्षीय अन्जन भट्ट छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो हो । उनलाई कागेश्वरी मनोहरा नगरपालिका–७ बाट पक्राउ गरिएको अपराध अनुसन्धान कार्यालयका एसपी रामेश्वर काार्कीले बताए ।

उनीविरुद्ध विभिन्न प्रहरी कार्यालयमा ५ वटा बैंकिङ कसुरको उजुरी रहेको पाइएको छ । जिल्ला प्रहरी कार्यालय चितवनमा ५० लाखको बैंकिङ कसुरको उजुरी दर्ता भई उनी फरार रहेका थिए ।

त्यस्तै जिल्ला प्रहरी परिसर ललितपुरमा १५ लाख, जिल्ला प्रहरी परिसर काठमाडौंमा एक लाख ४८ हजार, प्रहरी वृत्त बालाजुमा २ लाख ५० हजार र प्रहरी वृत्त कालिमाटीमा एक लाख ८० हजार रुपैयाँ बराबरको बैंकिङ कसुरको उजुरी दर्ता भई उनी फरार भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?