News Summary
Generated by OK AI. Editorially reviewed.- बागमती पेट्रोलियम डिलर्स एशोसिएसनको अध्यक्षमा ७७ मत प्राप्त गरी ईश्वर लामा निर्वाचित भएका छन् ।
- नवनिर्वाचित अध्यक्ष लामाले पेट्रोलियम व्यवसायीले भोग्नुपरेका समस्या समाधानमा आफू केन्द्रित हुने बताएका छन् ।
- नवनिर्वाचित कार्यसमितिले व्यवसायीको हकहित संरक्षण तथा इन्धन आपूर्ति व्यवस्थापनमा प्रभावकारी समन्वय गर्ने प्रतिबद्धता जनाएका छन् ।
१७ साउन, काठमाडौं । बागमती पेट्रोलियम डिलर्स एशोसिएसनको अध्यक्षमा ईश्वर लामा निर्वाचित भएका छन् ।
१०औं साधारण सभा तथा चौथो अधिवेशनबाट लामा अध्यक्षमा निर्वाचित भएका हुन् । चन्द्रागिरी नगरपालिका–४ थानकोट निवास लामा ७७ मतसहित विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी प्रह्दाल तिमिल्सिनाले ४२ मत प्राप्त गरे ।
अध्यक्षमा विजयी भएका लामो समयदेखि थानकोट क्षेत्रमा इन्धन तथा इन्धनजन्य व्यवसाय सञ्चालन गर्दै आएका व्यक्ति हुन् ।
अध्यक्ष पदमा निर्वाचित भएलगत्तै आफ्नो प्रतिक्रिया दिँदै नवनिर्वाचित अध्यक्ष ईश्वर लामाले पेट्रोलियम व्यवसायीहरूले भोग्नुपरेका समस्याहरु समाधानमा आफू केन्द्रति हुने बताएका छन् ।
विशिष्ट उपाध्यक्षमा कुमार श्रेष्ठ ७३ मतसहित निर्वाचित भएका छन् । वरिष्ठ उपाध्यक्ष पदमा विष्णुकुमार खड्का ८३ मतसहित विजयी भए ।
प्रथम उपाध्यक्षमा केशव कासुला तथा द्वितीय उपाध्यक्षमा नितेश सरिया निर्विरोध चुनिए । सचिवमा रामप्रसाद तिमिल्सिना विजयी भए ।
कोषाध्यक्ष पदमा यसु प्रधान, सहसचिवमा पुरुषोत्तम रेग्मी, सहकोषाध्यक्ष पदमा निकेश घिमिरे विजयी भए ।
नवनिर्वाचित कार्यसमितिले बागमती प्रदेशका पेट्रोलियम व्यवसायीको हकहित संरक्षण, व्यवसायिक एकता सुदृढीकरण, इन्धन आपूर्ति व्यवस्थापनमा प्रभावकारी समन्वय तथा व्यवसायसँग सम्बन्धित नीतिगत विषयमा सक्रिय भूमिका निर्वाह गर्ने बताएको छ ।
प्रतिक्रिया 4