+
+
Shares

वर्षाले मुग्लिन-नारायणगढ सडकखण्ड प्रभावित

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन १८ गते ९:०५

१८ साउन,  काठमाडौं । पूर्वपश्चिम राजमार्ग अन्तर्गत मुलिन-नारायणगढ सडक प्रभावित भएको छ । वर्षा भइरहेकोले रातिदेखि उक्त सडकखण्डमा सवारी आवागमन केही प्रभावित भएको हो ।

इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार राति सडकका विभिन्न ठाउँमा ढुंगा खसेका थिए । एक ठाउँमा रुख ढलेको त्यो । त्यसले गर्दा केही समय सडक एकतर्फ भएको थियो ।

अहिले सडक सफा गरेर सञ्चालनमा ल्याइएको छ । आज सडक पूर्णरुपमा अवरुद्ध भएको छैन तर वर्षाका कारण बेलाबेलामा ढुंगा-माटो खस्ने भएकोले प्रभावित भएको प्रहरीको भनाइ छ ।

आज बिहान मात्रै तुइन खोला, सिमलतालका साथै फिस्लिङ क्षेत्रमा ढुंगा खस्नुका साथै रुख ढलेर सडकमा आवागमन प्रभावित भएको थियो । अहिले त्यस क्षेत्रमा मेसिनहरु चलाइएको छ । जहाँ पहिरो खस्छ त्यहाँ सफा गरेर सवारी सञ्चालन गर्ने गरिएको छ ।

वर्षा भइरहेकोले सडकमा यात्रा खोजिमपूर्ण भएकोले सावधानी अपनाउन चालकहरुलाई प्रहरीले अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?