News Summary
Generated by OK AI. Editorially reviewed.- साउनको तेस्रो सोमबार पशुपतिनाथसहित देशभरका शिवालयमा भक्तजनको ठूलो घुइँचो लागेको छ।
- पशुपति क्षेत्र विकास कोषले दर्शनार्थीको सहजताका लागि मन्दिरका चारै ढोका खुला गरेको छ।
- मन्दिरमा प्रवेशका लागि चार वटा लामको व्यवस्था गरिएको छ भने बोल बम यात्रीका लागि विशेष प्रबन्ध मिलाइएको छ।
१८ साउन, काठमाडौं । आज साउन महिनाको तेस्रो सोमबार बिहानैदेखि पशुपतिनाथलगायत देशभरका शिवालयमा दर्शनार्थीको घुइँचो लागेको छ ।
दर्शनार्थीको सहजताका लागि पशुपतिनाथ मन्दिरका चारै ढोका खोलिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । साथै बोल बम यात्रीका लागि विशेष व्यवस्था गरिएको छ ।
मन्दिर छिर्न चार वटा लामको व्यवस्था गरिएको छ । बिहानैदेखि भक्तहरु वर्षामा रुझ्दै लाइन बसेका छन् ।
पशुपतिनाथसँगै राजधानीका गोकर्णेश्वर, नागेश्वर, डोलेश्वर, वसन्तपुर दरबार क्षेत्रको सानो पशुपतिनाथ भनेर चिनिने मक्खन महादेवलगायत राजधानीका ठूलासाना सबै शिव मन्दिरमा पनि भक्तजनको लाम लागेको जनाइएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4