+
+
Shares

आरोहीहरूको साहस र लगावले विश्वभरलाई प्रेरित गरेको छ : पर्यटन मन्त्रालय

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन १८ गते ११:५७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पाकिस्तानको ब्रोड पिक हिमालमा भएको दुर्घटनामा परी निधन भएका आरोहीहरूप्रति दुःख व्यक्त गरेको छ।
  • मन्त्रालयले नेपाली आरोही निर्मल पूर्जा, पुरबहादुर गुरुङ, किली पेम्बा शेर्पा, निर्मा शेर्पा, नवाङ थिन्दु शेर्पा र ग्यालु शेर्पाप्रति श्रद्धाञ्जली अर्पण गरेको छ।
  • मन्त्रालयले आरोहीहरूको साहस र हिमालप्रतिको लगाव सदैव अमिट विरासतका रूपमा रहने उल्लेख गर्दै उनीहरूको योगदानप्रति उच्च सम्मान प्रकट गरेको छ।

१८ साउन, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पाकिस्तानको ब्रोड पिकमा भएको दुर्घटना र आरोहीहरूको निधन भएको घटनाप्रति दु:ख व्यक्त गरेको छ ।

सोमबार समवेदना सार्वजनिक गर्दै मन्त्रालयले नेपाली आरोही निर्मल पूर्जा, पुरबहादुर गुरुङ (युक्ता), किली पेम्बा शेर्पा (किलु), निर्मा शेर्पा, नवाङ थिन्दु शेर्पा र ग्यालु शेर्पाको निधनमा दुख व्यक्त गरेको हो ।

यसैगरी ओमानकी नाधिरा अल हार्थी, अमेरिकी आरोही म्यालोरी गेइस, पाकिस्तानी आरोही सोहेल साखी र चिनियाँ आरोही वाङ झोङको निधनमा समेत मन्त्रालयले दुख व्यक्त गरेको छ ।

मन्त्रालयले यी आरोहीहरूको साहस, दृढता, हिमालप्रतिको अटल लगाव र उत्साहले विश्वभरका मानिसलाई प्रेरित गरेको समेत उल्लेख गरेको छ । ‘यो सधै अमिट विरासतका रुपमा रहिरहनेछ,’ समवेदन सन्देशमा भनिएको छ । मन्त्रालयले नेपाली विख्यात आरोहीहरुले मुलुकको पर्यटन प्रवद्र्धनमा पुर्‍याएको अतुलनीय योगदानप्रति उच्च सम्मान समेत प्रकट गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?