News Summary
Generated by OK AI. Editorially reviewed.- काठमाडौं विश्वविद्यालयले उपकुलपतिका लागि १० जना उम्मेदवारको सर्टलिस्ट सार्वजनिक गरेको छ।
- छनोट समितिले दयाराम पोखरेल, निरञ्जन पराजुली, बालचन्द्र लुइटेल, विकाश नकर्मी, बिमप्रसाद श्रेष्ठ, राजेन्द्र जोशी, विवेक बराल, शेषानन्द सन्जेल, सुवोध शर्मा र हरिप्रसाद न्यौपानेको नाम सार्वजनिक गरेको छ।
- उम्मेदवारहरूको प्रस्तुतीकरण तथा अन्तर्वार्ता आगामी २२ साउनमा हुने तय भएको छ।
१८ साउन, काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू) को उपकुलपतिका १० उम्मेदवारको नाम सार्वजनिक भएको छ ।
३५ जनाको आवेदन स्वीकृत गरेको छनोट तथा सिफारिस समितिले सोमबार १० जनाको सर्टलिस्ट सार्वजनिक गरेको हो ।
जसमा दयाराम पोखरेल, निरञ्जन पराजुली, बालचन्द्र लुइटेल, विकाश नकर्मी, बिमप्रसाद श्रेष्ठ, राजेन्द्र जोशी, विवेक बराल, शेषानन्द सन्जेल, सुवोध शर्मा र हरिप्रसाद न्यौपाने रहेका छन् ।
अब १० जनाको बारेमा २०साउनभित्र राय सुझाव दिन सकिने छ । त्यसपछि २२ साउनमा प्रस्तुतीकरण र अन्तर्वार्ता हुनेछ ।
प्रस्तुतीकरणको समय १५ मिनेट हुनेछ । र त्यस लगत्तै अन्तर्वार्ता हुनेछ । तीन महिनादेखि केयूले उपकुलपति पाएको छैन ।
नियुक्तिमा ढिलाइ हुँदा महत्त्वपूर्ण निर्णय रोकिएको छ । अबको एक सतामा नयाँ उपकुलपति नियुक्त गर्ने तयारी सरकारको छ ।
हेर्नुहोस् सूचना :

प्रतिक्रिया 4