News Summary
Generated by OK AI. Editorially reviewed.- सिन्धुलीको फिक्कल गाउँपालिका–२ स्थित नवलपुरमा यात्रुवाहक बसले कारलाई ठक्कर दिँदा कार सुनकोशी नदीमा खसेको छ ।
- दुर्घटनामा सिन्धुपाल्चोकका पूर्व वडाध्यक्ष दिलकुमार लामासहित तीनजना बेपत्ता भएका छन् ।
- घटनास्थलमा इलाका प्रहरी कार्यालय खुर्कोट र सशस्त्र प्रहरीको विपत् व्यवस्थापन टोलीले उद्धार कार्य जारी राखेका छन् ।
१८ साउन, काभ्रेपलाञ्चोक । सिन्धुली सडक दुर्घटनामा सुनकोशी नदीमा बेपत्ता हुनेमा सिन्धुपाल्चोक जुगल– ७ का पूर्व वडाध्यक्ष एवं ठेकेदार दिलकुमार लामासहित तीनजना रहेको खुलेको छ ।
सिन्धुलीमा यात्रुवाहक बसले सडक किनारमा रोकि राखिएको कारलाई ठक्कर दिँदा कार सुनकोशी नदीमा खसेको थियो ।
प्रहरीका अनुसार फिक्कल गाउँपालिका–२ स्थित नवलपुरमा सोमबार बिहान करिब १०:३० बजे सडक किनारमा रोकि राखिएको कारलाई यात्रुवाहक बसले ठक्कर दिएपछि उक्त दुर्घटना भएको हो ।
दुर्घटनाग्रस्त कार मध्यपहाडी लोकमार्ग निर्माण आयोजनामा कार्यरत ठेकेदार दिलकुमार लामाको रहेको खुलेको छ ।
कारमा ठेकेदार जुगल गाउँपालिका–७ का लामा, एक्स्काभेटर चालक गोलञ्जोर गाउँपालिका– १, डुड्भञ्ज्याङका गणेश थापा र नाम वतन नखुलेका एकजना हेल्पर बेपत्ता छन् ।
घटनालगत्तै इलाका प्रहरी कार्यालय खुर्कोट, सशस्त्र प्रहरी बलको विपत् व्यवस्थापन टोली उद्धारमा खटिएको छ ।
प्रतिक्रिया 4