+
+
Shares

म्याग्दीमा खोलाले बगाएर एकजना बेपत्ता

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन १९ गते ७:५५

१९ साउन, गण्डकी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–६ मुलपानीस्थित एकतारे खोलाले बगाउँदा ३५ वर्षीय भीमबहादुर घर्ती बेपत्ता भएका छन् ।

रघुगङ्गा–८ चौरखानीबाट किनेर ल्याएको भैँसीसहित खोला तर्ने क्रममा उहाँ बगेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

घर्तीलाई खोलाले बगाएको सूचना गाउँलेले दिएपछि सोमबार साँझदेखि नै खोजी सुरू गरिए पनि उनको अवस्था पत्ता नलागेको कार्यालयका प्रहरी निरीक्षक सागर तिमिल्सिनाले बताए ।

आज बिहानैदेखि पुनः खोजी कार्य सुरू गरिएको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?