+
+
Shares

इन्टर्न चिकित्सक डिल्ली हरिजन आमरण अनशनमा

पारिश्रमिक र श्रमको सम्मानको माग

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन १९ गते १२:४४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • इन्टर्न चिकित्सक डिल्ली हरिजनले पारिश्रमिक वृद्धि र श्रमको सम्मानको माग राख्दै माइतीघर मण्डलमा आमरण अनशन सुरु गरेका छन्।
  • हरिजनले शिक्षा तथा खेलकुद मन्त्रीको अध्यक्षतामा गठित कार्यदलको प्रतिवेदन अविलम्ब कार्यान्वयन गर्न सरकारसँग माग गरेका छन् ।
  • निजी मेडिकल कलेजको दबाबका कारण १२० दिनदेखि माग सम्बोधन नभएको भन्दै उहाँले हजारौं विद्यार्थीको भविष्य अन्योलमा परेको बताए ।

१९ साउन, काठमाडौं । इन्टर्न चिकित्सकहरूको पारिश्रमिक, श्रमको सम्मान तथा कार्यदलको प्रतिवेदन कार्यान्वयनको माग गर्दै इन्टर्न चिकित्सक डिल्ली हरिजन माइतीघर मण्डलमा आमरण अनशनमा बसेका छन् ।

हरिजनले मंगलबार बिहान १०ः२५ देखि आमरण अनशन सुरु गरेको जानकारी दिए । व्यक्तिगत स्वार्थ वा आवेगका कारण नभई चार महिनादेखि सम्बोधन हुन नसकेका न्यायोचित मागका कारण उठाउन बाध्य भएको बताएका छन् ।

उनका अनुसार इन्टर्न चिकित्सकहरूले करिब चार महिनादेखि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, चिकित्सा शिक्षा आयोग, सांसद तथा अन्य सम्बन्धित निकायसँग निरन्तर संवाद र पहल गर्दै आए पनि अहिलेसम्म कुनै ठोस निर्णय हुन सकेको छैन ।

हरिजनले शिक्षा तथा खेलकुद मन्त्रीको अध्यक्षतामा गठित कार्यदलले तयार पारेको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न सरकारसँग माग गरेका छन् ।

इन्टर्न चिकित्सकहरूले कुनै अतिरिक्त सुविधा नखोजेको उल्लेख गर्दै उनले ‘समान कामको समान पारिश्रमिक, श्रमको सम्मान तथा कार्यदलका सिफारिस कार्यान्वयन मात्र आफ्नो मुख्य माग रहेको बताए ।

उनले चिकित्सा शिक्षा आयोगका अध्यक्ष प्रधानमन्त्री, सहअध्यक्ष शिक्षा तथा खेलकुद मन्त्री, सहअध्यक्ष स्वास्थ्य मन्त्री तथा आयोगका पदाधिकारीसँग पटक–पटक छलफल र अनुरोध गरिए पनि करिब १२० दिन बितिसक्दा समेत निर्णय हुन नसकेको आरोप लगाए ।

हरिजनले निजी मेडिकल कलेजहरूको दबाबका कारण इन्टर्न चिकित्सकहरूको माग ओझेलमा परेको बताए ।

उनले निर्णयमा भइरहेको ढिलाइले हजारौं इन्टर्न चिकित्सक तथा मेडिकल विद्यार्थीको भविष्य अन्योलमा परेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?