+
+
Shares

आफन्तले बुझेनन् कप्तानगञ्ज घटनामा ज्यान गुमाएका रवीन्द्रको शव, गृहमन्त्री अस्पताल जाँदै

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन १९ गते १६:५५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सुनसरीको कप्तानगञ्ज घटनामा घाइते भई निधन भएका रवीन्द्र मेहताको शव बुझ्न आफन्तहरूले अस्वीकार गरेका छन्।
  • आफन्तहरूले गृहमन्त्री सुधन गुरुङ आफैं आएर माग सम्बोधन नगरेसम्म शव नउठाउने अडान लिएका छन्।
  • गृहमन्त्री गुरुङ विभिन्न समुदायका अगुवाहरूसँग छलफल सकेर त्रिवि शिक्षण अस्पतालतर्फ प्रस्थान गरेका छन्।

१९ साउन, काठमाडौं । सुनसरीको कप्तानगञ्जमा भएको घटनामा गोली लागेर घाइते भएका २२ वर्षीय रवीन्द्र मेहताको शव बुझ्न आफन्तहरूले मानेका छैनन् ।

त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा मेहताको निधन भएको थियो ।

अहिले अस्पतालमा मेहताका आफन्तहरूले धर्ना दिएका छन् । उनीहरूले गृहमन्त्री सुधन गुरुङ आफैं आएर आफूहरूको माग सम्बोधन गर्नुपर्ने माग राखेका छन् ।

गृहमन्त्री निकट स्रोतका अनुसार, गुरुङ केहीबेरमा त्रिवि शिक्षण अस्पताल जाँदैछन् ।

आफूहरूको माग पूरा नभइ शव नउठाउने अडान उनीहरूले लिएपछि गृहमन्त्री गुरुङ जान लागेका हुन् ।

स्रोतका अनुसार गृहमन्त्री गुरुङ दिउँसो १ बजेदेखि नै हिन्दु र मुस्लिम समुदायका अगुवाहरूसँग छलफलमा थिए ।

उक्त छलफल सकिन लागेको र केहीबेरमै त्रिवि शिक्षण अस्पताल जान लागेको उनी निकट स्रोतले बतायो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?