+
+
Shares

नर्स ज्योतिले तोडिन् अनशन, १९ बुँदे सहमति

नर्स रानाभाटले १५ बुँदे माग राख्दै साउन १४ गतेदेखि नेपाल नर्सिङ काउन्सिल परिसरमा आमरण अनशन सुरु गरेकी थिइन् । उनका माग सम्बोधनको पहल गर्ने गरी सहमति भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन २० गते ८:२७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सरकारसँग १९ बुँदे सहमति भएपछि नर्स ज्योति रानाभाटले आफ्नो आमरण अनशन तोडेकी छिन्।
  • स्वास्थ्य मन्त्रालयले स्वास्थ्यकर्मीहरूको पारिश्रमिक तथा सेवा सुविधा निर्धारण गर्न सात दिनभित्र कार्यदल गठन गर्ने सहमति भएको छ।
  • गत साउन १४ गतेदेखि १५ बुँदे माग राखी अनशनमा बसेकी रानाभाटका माग सम्बोधन गर्ने प्रतिबद्धता सरकारले व्यक्त गरेको छ।

२० साउन, काठमाडौं । नर्स ज्योति रानाभाटले आमरण अनशन तोडेकी छन् । सरकारसँग १९ बुँदे सहमति भएपछि उनले अनशन तोडेकी हुन् ।

सरकारकातर्फबाट स्वास्थ्‍य तथा खाद्यय स्वच्छता मन्त्रालयका अतिरिक्त सचिव डा. श्रीकृष्ण श्रेष्ठ, वरिष्ठ मेडिकल सुपरिटेन्डेन्ट डा. हेमन्त चन्द्र झा र कानुन अधिकृत जयप्रसाद सुवेदी र नर्स रानाभाटबीच सहमति भएको हो ।

स्वास्थ्य मन्त्रालयका सचिव डा. विकास देवकोटाका साथै प्रधानमन्त्रीकी स्वकीय सचिव प्रकृति ढकाललगायत अन्य विभिन्न मन्त्रालयका प्रतिनिधिको रोहबरमा सहमति गरेर ज्योतिले अनशन तोडेकी हुन ।

सहमति अनुसार नर्स तथा मिडवाइफलगायत स्वास्थ्यकर्मीहरुको पारिश्रमिक तथा सम्मानजनक सेवा सुविधा निर्धारण गर्न स्वास्थ्य मन्त्रालयले ७ दिनभित्र कार्यदल गठन गर्नेछ । यो कार्यदलले कम्तिमा ६ महिनाभित्र काम सक्नुपर्ने सहमति पत्रमा उल्लेख गरिएको छ ।

नर्स रानाभाटले १५ बुँदे माग राख्दै साउन १४ गतेदेखि नेपाल नर्सिङ काउन्सिल परिसरमा आमरण अनशन सुरु गरेकी थिइन् । उनका माग सम्बोधनको पहल गर्ने गरी सहमति भएको छ ।

रानाभाटले सेवा सुविधाका साथै भ्रष्टाचारमुक्त, पारदर्शी र उत्तरदायी नेपाल नर्सिङ परिषद्, गुणस्तरीय नर्सिङ शिक्षा, निष्पक्ष लाइसेन्स परीक्षा, सम्मानजनक सेवा–सुविधा तथा सुरक्षित स्वास्थ्य प्रणाली निर्माणको माग अघि सारेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?