+
+
Shares

विश्व आदिवासी दिवस टुँडिखेलमा मनाइने, तयारी पूरा

महासंघले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरी तयारी पूरा भएको जानकारी दिएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन २१ गते १४:२४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल आदिवासी जनजाति महासंघले 'प्राप्त अधिकार रक्षा आजको आवश्यकता' भन्ने मूल नारासहित ३२औँ विश्व आदिवासी दिवस मनाउने तयारी पूरा गरेको छ ।
  • दिवसको अवसरमा २४ साउनमा काठमाडौंको भृकुटीमण्डपबाट सांस्कृतिक झाँकी र र्‍यालीसहित टुँडिखेलमा मूल समारोह आयोजना गरिने भएको छ ।
  • महासचिव विमल सारु मगरका अनुसार उपराष्ट्रपति रामसहायप्रसाद यादवले उद्घाटन गर्ने उक्त समारोहमा प्यानल छलफलसहित आदिवासीहरूको मौलिक कला र परिकारको प्रदर्शनी हुनेछ ।

२१ साउन, काठमाडौं । नेपाल आदिवासी जनजाती महासंघले ३२औँ विश्व आदिवासी दिवसको तयारी पूरा भएको जानकारी दिएको छ ।

महासंघले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरी तयारी पूरा भएको जानकारी दिएको हो ।

संयुक्त राष्ट्रसंघको घोषणा बमोजिम प्रत्येक वर्ष अगस्ट ९ तारिखमा विश्वभर आदिवासी दिवस मनाउने गरिएको छ ।

महासंघले यसवर्षको आदिवासी दिवस ‘प्राप्त अधिकार रक्षा आजको आवश्यकता ! पहिचान सहितको समावेशी र न्यायपूर्ण नेपाल निर्माणमा हाम्रो साझा प्रतिवद्धता !! भन्ने मूल नारासहित देशभर विभिन्न कार्यक्रम गरी मनाउन लागेको महासंघका महासचिव विमल सारु मगरले जानकारी दिए ।

संविधानले परिकल्पना गरेको समावेशी लोकतन्त्र, सामाजिक न्याय तथा समान अवसर मर्मअनुसार आदिवासी जनजातीहरुको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्नु हालको आवश्यकता रहेको उनले बताए ।

उनकाअनुसार विश्व आदिवासी दिवसको अवसरमा २४ साउनमा देशभरिका आदिवासी तथा जनजातिहरू आफ्नौ मौलिक भेषभूषा, बाजागाजा, सांस्कृतिक झाँकी, लोकगीत तथा परम्पराागत नृत्यसहित काठमाडौंको भृकुटीमण्डपमा सहभागी हुनेछन् ।

भृकुटीमण्डपबाट र्‍यालीसहित भद्रकाली, सहिदगेट, सुन्धारा, वीर अस्पताल लगायतका मुख्य सडकको परिक्रमा गरी टुँडिखेलथित खुला मञ्चमा पुगेर मूल समारोहमा परिणत हुनेछ ।

मूल समारोहको उपराष्ट्रपति रामसहायप्रसाद यादवले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

मूल समारोहमा आदिवासी जनजातिहरूको मौकिल सांस्कृतिक प्रश्तुतीहरु प्रदर्शन गरिने महासचिव मगरले जानकारी दिए ।

यस्तै मौलिक रैथाने परिकार, परम्परागत खाद्य संस्कृति, हस्तकला, स्थानिय उत्पादन लगायतको विक्रीवितरणसहितको प्रदर्शनी हुने उनले बताए ।

कार्यक्रममा विज्ञहरूसंँग आदिवासी जनजातिका सवाल, अधिकार, भाषा, संस्कृति, पहिचान लगायतका विषयमा प्यानल छलफल समेत हुनेछ ।

महासंघले सप्ताहाव्यपी रूपमा विविध कार्यक्रम समेत आयोजना गर्ने जनाएको छ । आदिवासी जनजातिहरूको भाषा, संस्कृति, सम्भयता, इतिहास, परम्परागत ज्ञान, भूमि तथा प्राकृतिक स्रोतसँगको सम्बन्ध संरक्षण गर्नु राष्ट्रको साझा दायित्व भएको महासंघले बताएको छ ।

महासंघले संविधानमा व्यवस्था भएका समानुपातिक समावेशी प्रतिनिधित्व, समाजिक न्याय, समान अवसर, मातृभाषाको संरक्षण, सांस्कृतिक अधिकार, पहिचान तथा आदिवासी जनजातिहरूको सम्मानजनक सहभागिताको पूर्ण कार्यन्वयन गर्न सरकारसँग माग गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?