News Summary
Generated by OK AI. Editorially reviewed.- श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले सीमा विवादबारे प्रधानमन्त्री बालेन्द्र शाहको जवाफ माग गर्दै साढे दुई महिनादेखि संसद्मा विरोध जारी राखेका छन् ।
- प्रधानमन्त्री शाहले भारत र नेपालले एकअर्काको जग्गा मिचेको भनी दिएको अभिव्यक्तिमा सांसदहरूले तथ्यसहितको स्पष्टीकरण माग गरिरहेका छन् ।
- सभामुखको ध्यानाकर्षण गराउँदै विपक्षी सांसदहरूले सीमा जस्तो संवेदनशील विषयलाई लतरपतर नगरी सरकारले अविलम्ब निष्कर्ष दिनुपर्ने अडान लिएका छन् ।
२२ साउन, काठमाडौं । श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले सीमा सम्बन्धी विवादबारे प्रधानमन्त्री बालेन्द्र शाह बालेनको जवाफ माग गरेर साढे दुई महिनासम्म संसद्मा विरोध गर्दा पनि सुनुवाइ नभएको गुनासो गरेका छन् ।
आफूहरूले जवाफ मागिरहने र सरकारले नसुनेझैँ गरिरहने गरेको पनि साढे दाई महिना भइसकेको भन्दै उनले यही विषयलाई लिएर जनताले के भनरिहेका छन् भन्ने ख्याल गर्न सबैलाई आग्रह गरे ।
‘सभामुख महोदय, म यो विषयमा अगाडिदेखि नै सकभर छिटो टुंगो लगाऔं भन्नेमा छु । किनभने जनताले, तपाईं हामी नेपाली जनताहरूको प्रतिनिधि भएर आएको हिसाबले पनि जनताले तपाईंहामीलाई कुरी–कुरी–कुरी गरिराखेको छ ।’
यो विषयमा कतिन्जेल संसद्मा विषय उठाइराख्ने भन्ने उनको प्रश्न छ । यसको निष्कर्ष प्रधनमन्त्री, सभामुख, संसदीय दलको नेता आदिबाटै आउनुपर्ने उनको आग्रह छ ।
सभामुखकै अगाडि भएको विषयलाई लतरपतर बनाएर अगाडि बढ्न नहुने उनको आग्रह छ ।१७ जेठमा प्रधानमन्त्री बालेनले प्रतिनिधिसभामा उपस्थित भएर सांसदहरूका प्रश्नको जवाफ दिएका थिए । त्यस क्रममा उनले भारतसँगको सीमा विवादबारे बोलेका थिए ।
लिपुलेक–लिम्पियाधुरासम्बन्धी विषयमा नेपाल सरकारले अफिसियल रूपमा भारत सरकारलाई नोट पठाएको र त्यसको जवाफ प्राप्त भएको विषय प्रधानमन्त्री बालेनले जानकारी दिएका थिए ।
‘यससम्बन्धी हामीले भारत र चाइनालाई मात्रै नभएर इंग्ल्यान्ड सरकारसँग पनि कुरा गरेका छौं,’ बालेनले भनेका थिए, ‘उहाँहरूले ब्रिटिस इन्डिया छोड्दै गर्दाको समस्या अहिलेसम्म हाम्रोमा भइरहेको हुँदा यसमा इंग्ल्यान्डले पनि सरोकार राख्नु पर्छ भन्ने हाम्रो मान्यता हो ।’
साथै, नेपालको तर्फबाट समेत भारतीय भूमि प्रयोग भएको भन्ने विषय उठाएका थिए ।
‘तपाईंहरूलाई एउटा कुरा अचम्म लाग्छ होला, मैले पनि अस्ति प्रधानमन्त्री भएपछि नै थाहा पाएँ, भारतले नेपालको जग्गा मिचेको मात्र हैन नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको रहेछ,’ प्रधानमन्त्री बालेनले भनेका थिए, ‘त्यही भएर दुइटै देशले अध्ययन गरेर हामीले मिचेको छौं, उहाँहरूले मिच्नु भएको छ । के छ ? त्यसलाई बसेर एउटा साथीको रूपमा समाधान गर्ने हामीले सोच राखेका छौं ।’
यी विषयमा विपक्षी दलहरूले तथ्य खोजेका छन् । तर संसद्ले साढे दुई महिनासम्म प्रधानमन्त्री बालेनले यसबारे तथ्यसहितको संसद्मा स्पष्टीकरण दिएका छैनन् ।
विपक्षी दलहरूले यो विषय निरन्तर संसद्मा उठाउँदै आएका छन् । आज पनि यही विषय उठाएर विरोध जनाएका हुन् ।
सांसद राई अगाडि बोल्ने विपक्षी दलका सांसदहरू चन्द्रमोहन अधिकारी, युवराज दुलाल, खुस्बु ओली लगायतले पनि सीमा विवादबारे प्रधानमन्त्रीको अभिव्यक्तिमा जवाफ आउनुपर्ने माग राखेका छन् ।
प्रतिक्रिया 4