News Summary
Generated by OK AI. Editorially reviewed.- सुनको मूल्य पुनः प्रतितोला ३ लाख १ हजार ७ सय रुपैयाँ पुगेर नयाँ रेकर्ड कायम भएको छ।
- अघिल्लो कारोबार दिनको तुलनामा आज सुनको भाउ प्रतितोला ४ हजार ८ सय रुपैयाँले बढेको छ।
- चाँदीको मूल्यमा पनि ६५ रुपैयाँ वृद्धि भई आज प्रतितोला ४ हजार ६ सय ४५ रुपैयाँ कायम भएको छ।
२४ साउन, काठमाडौं । सुनको मूल्य फेरि प्रतितोला ३ लाख रुपैयाँ नाघेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबारका लागि सुनको मूल्य प्रतितोला ३ लाख १ हजार ७ सय रुपैयाँ तोकेको छ ।
यो मूल्य अघिल्लो कारोबार दिनको तुलनामा ४ हजार ८ सय रुपैयाँ बढी हो । अघिल्लो दिन २ लाख ९६ हजार ९ सय रुपैयाँ थियो । चार कारोबार दिनमै सुनको मूल्य प्रतितोला १७ हजार ९ सय रुपैयाँ बढेको छ । गत मंगलबार सुनको भाउ प्रतितोला २ लाख ८३ हजार ८ सय रुपैयाँ थियो ।
त्यस्तै चाँदीको मूल्य प्रतितोला ६५ रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला ४ हजार ५८० रुपैयाँ रहेको चाँदी आज ४ हजार ६४५ रुपैयाँ कायम भएको छ । गत मंगलबार चाँदी प्रतितोला ४ हजार ३८० रुपैयाँ थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4