+
+
Shares

‘रोड टु एभरेस्ट’ डकुमेन्ट्रीको टिजर सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन २४ गते १४:३७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली प्राविधिकको संलग्नतामा निर्माण भएको सगरमाथामा आधारित डकुमेन्ट्री ‘रोड टु एभरेस्ट’ को पहिलो झलक सार्वजनिक गरिएको छ ।
  • निर्मल श्रेष्ठद्वारा निर्देशित यस वृत्तचित्रले सगरमाथा आरोहणको साहस, शेर्पा समुदायको योगदान तथा जलवायु परिवर्तनले हिमाली वातावरणमा पारेको असरलाई समेटेको छ ।
  • वि विल राईज फाउण्डेसनद्वारा निर्मित उक्त डकुमेन्ट्रीको नेपाल प्रिमियर भदौ ६ गते काठमाडौंमा र अन्तर्राष्ट्रिय प्रिमियर भदौ २८ गते हङकङमा हुनेछ ।

काठमाडौं । नेपाली प्राविधिकको संलग्नतामा निर्माण गरिएको सर्वोच्च शिखर सगरमाथाबारेको डकुमेन्ट्री ‘रोड टु एभरेस्ट’ को पहिलो झलक सार्वजनिक गरिएको छ ।

समुद्री सतहदेखि सगरमाथा शिखरसम्मका यात्रको कथा डकुमेन्ट्रीमा आधारित छ । निर्माताले विज्ञप्तिमार्फत सगरमाथा आरोहणको साहस, रहस्य, जिज्ञासा र जलवायु परिवर्तनले त्यहाँ पारेको असर र प्रभावको कथा समेटिएको जनाएका छन् ।

५० वर्ष नाघेका एक व्यक्तिले उमेर, समय र आफ्नै सीमालाई चुनौती दिँदै सगरमाथा आरोहणको सपना पछ्याएको प्रेरणादायी यात्रालाई डकुमेन्ट्रीले प्रस्तुत गरेको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘सगरमाथाको भव्यता मात्र होइन, आरोहणको जोखिम, शेर्पा समुदायको अथक योगदान, मानव साहस र जलवायु परिवर्तनका कारण बदलिँदै गएको हिमाली वातावरणलाई पनि गहिराइका साथ प्रस्तुत गरेको छ ।’

निर्मल श्रेष्ठको निर्देशनमा निर्माण भएको डकुमेन्ट्रीमा कीर्तिमानी आरोही फुर्वा तेन्जिङ शेर्पा तथा निमा ग्याल्जेन शेर्पा आरोहीको रुपमा देखिनेछन् । फुर्वाले १८ र निमाले विश्वकै १४ अग्लो हिमालसहित १० पटक सगरमाथाको सफल आरोहण गरिसकेका छन् ।

डकुमेन्ट्रीको नेपाल प्रिमियर भदौ ६ गते काठमाडौंमा र अन्तर्राष्ट्रिय प्रिमियर भदौ २८ मा हङकङमा हुनेछ । लगत्तै नेपालसँगै विभिन्न अन्तर्राष्ट्रिय मञ्च तथा थिएटरमा प्रदर्शन गर्ने लक्ष्य राखिएको छ ।

दुई वर्षको अनुसन्धान, छायांकन र निर्माण प्रक्रियापछि तयार भएको यस डकुमेन्ट्रीको कथा सञ्चारकर्मी सन्तोष आचार्य र संचारकर्मी समेत रहेका निर्देशक श्रेष्ठले लेखेका हुन् । भूषण दाहालको भ्वाइसओभर रहेको वृत्तचित्र नेपाली र अंग्रेजी भाषामा बनेको छ ।

सामाजिक संस्था वि विल राईज फाउण्डेसनद्वारा निर्मित यस वृत्तचित्रले विश्वभर नेपालको पर्यटन प्रर्वद्धनमा समेत टेवा पुर्‍याउने आशा लिइएको छ । यसको रनटाइम ५० मिनेटभन्दा माथि छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?