+
+
Shares

भक्तपुरको सुधार गृहमा युवकको मृत्यु भएपछि तनाव

उनीहरूले छानबिन गरेर दोषीलाई कारबाही गर्नुपर्ने माग राख्दै सुधार गृहमै नाराबाजी गरेका छन् । अहिले उक्त ठाउँमा प्रहरी परिचालन गरिएको छ । 

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन २४ गते १७:५८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • भक्तपुरको सूर्यविनायकस्थित उत्साहित सुधार गृहमा राखिएका एक युवकको उपचारका क्रममा आइतबार बिहान ४ बजे मृत्यु भएको छ।
  • सुधार गृहमा रहेका अन्य व्यक्तिहरूले कुटपिटबाट युवकको मृत्यु भएको आरोप लगाउँदै दोषीमाथि कारबाहीको माग गरेका छन्।
  • घटनापछि उत्पन्न तनावपूर्ण स्थितिलाई नियन्त्रणमा लिन प्रहरी टोली परिचालन गरिएको छ।

२४ साउन, काठमाडौं । भक्तपुरको एक सुधार गृहमा युवकको मृत्यु भएपछि अवस्था तनावपूर्ण बनेको छ ।

जिल्ला प्रहरी परिसर भक्तपुरका अनुसार सूर्यविनायक नगरपालिका–१ सिरुटारमा रहेको उत्साहित सुधार गृहमा राखिएका एक युवकको मृत्यु भएको थियो ।

उपचारका लागि अस्पताल लगिएकोमा उनको आइतबार बिहान ४ बजे मृत्यु भएको बताइएको छ । तर सुधार गृहमा राखिएका अन्य व्यक्तिहरूले भने कुटेर उनको हत्या गरेको आरोप लगाएका छन् ।

उनीहरूले छानबिन गरेर दोषीलाई कारबाही गर्नुपर्ने माग राख्दै सुधार गृहमै नाराबाजी गरेका छन् । अहिले उक्त ठाउँमा प्रहरी परिचालन गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?