+
+
Shares

कोशीमा नेकपाले माग्यो ४ मन्त्रालय, शेरधन भन्छन्– ३ वटा दिन्छौं

नेपाली कम्युनिस्ट पार्टी  (नेकपा) संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले एमालेसँग सत्ता सहकार्यका लागि ४ वटा मन्त्रालय माग गरिएको जानकारी दिए ।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन २५ गते १५:१७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कोशी प्रदेशमा सत्ता सहकार्यका लागि नेकपा एमाले र नेकपाबीच मन्त्रालयको भागबण्डामा सहमति जुट्न सकेको छैन।
  • नेकपा संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले आफ्नो दलका लागि चार मन्त्रालय माग गरिएको जानकारी दिनुभयो।
  • एमाले कोशी प्रदेश इन्चार्ज शेरधन राईले भने ६–३ को अनुपातमा तीनवटा मन्त्रालय मात्रै दिन सकिने अडान राख्नुभएको छ।

२५ साउन, विराटनगर । सत्ता सहकार्य गर्ने सहमति गरेको नेकपा एमाले र नेकपाले कोशी प्रदेशमा  भागबन्डामा समस्या देखिएको छ ।

हाल कोशीमा ९ वटा मन्त्रालय छन् । जसमध्ये नेकपाले ४ वटा मन्त्रालय दाबी गरेको हो। तर, नेकपा एमाले भने ३ वटा मन्त्रालय मात्रै दिने अडानमा छ ।

नेपाली कम्युनिस्ट पार्टी  (नेकपा) संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले एमालेसँग सत्ता सहकार्यका लागि ४ वटा मन्त्रालय माग गरिएको जानकारी दिए ।

‘हामीले ४ वटा मन्त्रालय भनेका छौं, उहाँहरूको कुरा मिडियामा सुनेको हो,’ उनले भने, ‘औपचारिक छलफल अघि बढेको छैन ।’

वर्तमान सरकारमा कांग्रेसका ४ जना मन्त्री र एक जना राज्यमन्त्री छन् । नेकपाले आफ्नो दलले सोही संख्या पाउनुपर्ने दाबी गर्दै आएको छ ।

आङ्बोले सोमबारको छलफलमा छलफलमा पार्टीको तर्फबाट अडान राख्ने बताए । आज हुने छलफलमा सरकारको न्यूनतम साझा कार्यक्रम, बजेटको पुनरावलोकन लगायत विषयमा छलफल गर्ने  उनले बताए ।

नेकपा एमालेका सचिव एवम् कोशी प्रदेश इन्चार्ज शेरधन राईले भने ३ वटा मन्त्रालय दिन सकिने बताउँछन् ।

आइतबार सञ्चारकर्मीसँगको कुराकानीका क्रममा उनले ६–३ को अनुपातमा सत्ता साझेदारी गर्ने बताएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?