+
+
Shares

जग्गा हदबन्दीसम्बन्धी व्यवस्था पुनरावलोकन गर्न सांसद थेबेको माग

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन २५ गते १५:२७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा एमालेका सांसद क्षितिज थेबेले पहाडी र हिमाली जिल्लाको भौगोलिक अवस्थाअनुसार जग्गा हदबन्दीसम्बन्धी व्यवस्थामा पुनरावलोकन गर्न सरकारसँग माग गरेका छन् ।
  • सांसद थेबेले भने, ‘ताप्लेजुङजस्ता हिमाली तथा पहाडी जिल्लामा हालको जग्गा हदबन्दी व्यवस्था व्यवहारिक देखिएको छैन र यसले अंशबण्डा तथा जग्गा किनबेचमा समस्या उत्पन्न गराएको छ ।’
  • उनले जग्गाको प्रकृति, उत्पादन, उपयोगिता र स्थानीय भौगोलिक अवस्थालाई आधार बनाएर वैज्ञानिक तवरले हदबन्दी निर्धारण गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

२५ साउन, काठमाडौं । नेकपा एमालेका सांसद क्षितिज थेबेले जग्गा हदबन्दीसम्बन्धी व्यवस्था पुनरावलोकन गर्न माग गरेका छन् ।

प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै उनले यस्तो माग गरेका हुन् ।

उनले हालको जग्गा हदबन्दीसम्बन्धी व्यवस्था पहाडी तथा हिमाली जिल्लाको भौगोलिक अवस्था र स्थानीय आवश्यकताअनुकूल नभएको बताए ।

उद्कादअनुसार हाल तराई तथा भित्री मधेशमा १० बिघा, काठमाडौं उपत्यकामा २५ रोपनी र उपत्यकाबाहेकका पहाडी क्षेत्रमा ७५ रोपनी जग्गाको हदबन्दी तोकिएको छ । तर ताप्लेजुङजस्ता हिमाली तथा पहाडी जिल्लामा यो व्यवस्था व्यवहारिक नभएको उनको भनाइ छ ।

उनले ताप्लेजुङमा सयौँ रोपनीमा फैलिएका परम्परागत खर्क तथा चरन क्षेत्र रहेको उल्लेख गर्दै हदबन्दीका कारण अंशबण्डा, कित्ताकाट र जग्गा किनबेचमा समेत समस्या उत्पन्न भएको बताए ।

उनले जग्गाको वर्गीकरण भइसकेकाले सबै क्षेत्रलाई एउटै मापदण्डमा राख्न धारणा समेत राखे ।

उनले भने, ‘नेपालको हाल जग्गा हदबन्दीसम्बन्धी व्यवस्थामा तराई तथा भित्रि मधेशसमा १० बिघा, काठमाडौं उपत्यकामा २५ रोपनी र र उपत्यकाबाहेकको पहाडी क्षेत्रमा ७५ रोपनी तोकिएको छ । तर ताप्लेजुङजस्ता हिमाली तथा पहाडी जिल्लामा यो व्यवस्था व्यवहारिक देखिएको छैन । यहाँ सयौँ रोपनीमा फैलिएका परम्परागत खर्क, चरन क्षेत्रहरू रहेका छन् । हदबन्दीका कारण अहिले अंशबण्डा, कित्ताकाट तथा जग्गा किनबेचमा समेत ठूलो समस्या उत्पन्न भएको छ ।’

उनले थपे, ‘त्यसैले अब सबै क्षेत्रलाई एउटै मागपदण्डमा राख्नुको सट्टा मापदण्डको वर्गीकरण, प्रकृति, उत्पादन, उपयोगिता, स्थानीय भौगोलिक अवस्था र चलनचल्तीलाई आधार बनाएर हदबन्दी निर्धारण गर्न आवश्यक छ । ताप्लेजुङ लगायत पहाडी तथा हिमाली जिल्लाको वास्तविक अध्ययन गरी जग्गा हदबन्दीसम्बन्धी व्यवस्था तत्काल अवलोकन गरियोस् । व्यवहारिक र वैज्ञानिक तवरबाट समस्या समाधान गरियोस् ।’

उनले जग्गाको प्रकृति, उत्पादन, उपयोगिता, स्थानीय भौगोलिक अवस्था र प्रचलनलाई आधार बनाएर क्षेत्रअनुसार हदबन्दी निर्धारण गर्नुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?