News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल क्रिकेट संघले अनिल कुमार साहको कप्तानीमा अस्ट्रेलियामा हुने टप एन्ड टी–२० सिरिजका लागि १५ सदस्यीय नेपाली टोली घोषणा गरेको छ ।
- अगस्ट २१ देखि ३० सम्म डार्विनमा सञ्चालन हुने उक्त प्रतियोगितामा नेपालले लिग चरणअन्तर्गत कुल ६ वटा खेल खेल्ने तालिका रहेको छ ।
- टोलीमा कुशल भुर्तेलसहित लोकेश बम, पवन सर्राफ र कुशल मल्ललगायतका खेलाडीहरू समावेश गरिएका छन् ।
२५ साउन, काठमाडौं । अस्ट्रेलियाको नर्थन टेरिटोरीमा हुने टप एन्ड टी–२० सिरिजका लागि नेपालको टोली घोषणा भएको छ ।
नेपाल क्रिकेट संघ (क्यान) ले अनिल कुमार साहको कप्तानीमा नेपालको १५ सदस्यीय टोली घोषणा गरेको हो । नेपालको ओडीआई टोलीमा समावेश नगरिएका ओपनिङ ब्याटर कुशल भुर्तेल टप एन्ड खेल्ने टोलीमा समावेश छन् ।
अगस्ट २१ देखि ३० सम्म डार्विनमा हुने प्रतियोगितामा नेपालले लिग चरणमा ६ खेल खेल्नेछ । नेपालले पहिलो खेलमा अगस्ट २१ मा एनटी स्ट्राइकसँग प्रतिस्पर्धा गर्नेछ ।
नेपालले दोस्रो खेल अगस्ट २२ मा बंगलादेश हाई–परफर्मेन्स टोलीसँग खेल्नेछ । त्यसपछि अगस्ट २४ मा होबार्ट हरिकेन्स एकेडेमी, अगस्ट २६ मा एसीटी कोमेट्स, अगस्ट २७ मा किङ्समेन र अगस्ट २९ मा भिक्टोरियासँग प्रतिस्पर्धा गर्ने तालिका रहेको छ ।
नेपालले गत संस्करणमा पनि प्रतियोगितामा सहभागिता जनाएको थियो । त्यसबेला नेपालले ६ खेल खेल्दा दुई खेल जितेको थियो भने चार खेलमा पराजित भएको थियो ।
नेपालको टोली : अनिल साह (कप्तान), कुशल भुर्तेल, लोकेश बम, तृतराज दास, मयन यादव, पवन सर्राफ, दीपक डुम्रे, कुशल मल्ल, राशिद खान, नारायण जोशी, आकाश चन्द, शाहब आलम, बिपिन खत्री, युवराज खत्री, रिजन ढकाल
नेपालको खेल तालिका:
अगस्ट २१ – एनटी स्ट्राइक विरुद्ध नेपाल
अगस्ट २२ – नेपाल विरुद्ध बंगलादेश हाई–परफर्मेन्स
अगस्ट २४ – नेपाल विरुद्ध हरिकेन्स
अगस्ट २६ – नेपाल विरुद्ध एसीटी कमेट्स
अगस्ट २७ – नेपाल विरुद्ध किङ्समेन
अगस्ट २९ – नेपाल विरुद्ध भिक्टोरिया
प्रतिक्रिया 4