+
+
Shares

आन्दोलनमा कागजात जलेको घटनामा सरकारको स्पष्ट दृष्टिकोण चाहिन्छ : वर्षमान पुन

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन २६ गते १२:१४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पूर्वअर्थमन्त्री वर्षमान पुनले गत भदौ २३ र २४ को आन्दोलनमा सरकारी कागजात जलेको घटनाबारे सरकारको स्पष्ट दृष्टिकोण माग गर्नुभएको छ ।
  • उहाँले यस घटनालाई प्राकृतिक विपत्ति मान्न नसकिने र वर्तमान ऐन नियमले नसमेट्ने भएकाले छुट्टै आयोग आवश्यक पर्न सक्ने धारणा राख्नुभयो ।
  • उहाँले भन्नुभयो, ‘कार्की आयोगले यसलाई सम्बोधन गर्‍यो कि गरेन ? या २३ र २४ को घटनामा सरकारी कागजात जलेको बारे अलग्गै आयोग पो बनाउनु पर्छ कि ?’

२६ साउन, काठमाडौं । पूर्वअर्थमन्त्री वर्षमान पुनले गत भदाै २३ र २४ गतेको आन्दोलनमा सरकारी कागजात जलेको घटना र त्यसले लेखा परीक्षण हुन नसकेको घटनाबारे सरकारको स्पष्ट दृष्टिकोण आवश्यक रहेको बताएका छन् ।

सार्वजनिक लेखा समितिको आजको बैठकमा उनले सरकारको दृष्टिकोण के हो भन्दै माग गरेका हुन् । यो घटना प्राकृतिक विपत्ति नभएको भन्दै यसलाई वर्तमान ऐन र नियमले नसमेट्ने उनले बताए ।

प्राकृतिक प्रकोप र दुर्घटनाका बेला हुने घटनामा मात्र मिनाहाको विषय आकर्षित हुने उनले बताए । अहिले यससम्बन्धी सरकारको दृष्टिकोण आवश्यक रहेको उनले बताए । उनले भने ‘कार्की आयोगले यसलाई सम्बोधन गर्‍यो कि गरेन ? या २३ र २४ को घटनामा सरकारी कागजात जलेको बारे अलग्गै आयोग पो बनाउनु पर्छ कि ?’ त्यस्ता आयोगहरूले दिने सिफारिसका आधारमा मात्र निर्णय गर्नुपर्ने सुझाव उनले दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?