+
+
Shares

वर्षमान पुनले खोजे अन्तर जिल्ला र विदेशबाट मतदानबारे प्रष्टता

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन १२ गते १३:४८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेता वर्षमान पुनले प्रस्तावित निर्वाचन आयुक्त गुरु वाग्लेको सुनुवाइमा नोटा, राइट टु रिकल र अन्तरजिल्ला मतदानबारे प्रष्टता खोजेका छन् ।
  • उनले विदेशमा रहेका नेपालीलाई मताधिकार दिने कार्ययोजनाबारे प्रश्न उठाउँदै कार्यान्वयन प्रक्रियामा स्पष्टताको माग गरे ।
  • पुनले नेपालभित्रै रोजगारी वा अध्ययनका कारण मतदानबाट वञ्चित नागरिकको मताधिकार सुनिश्चित गर्न निर्वाचन आयोगले विशेष ध्यान दिनुपर्ने उल्लेख गरे ।

१२ साउन, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता वर्षमान पुनले नोटा, राइट टु रिकल, अन्तर जिल्ला र बिदेशबाट मतदानबारे प्रष्टता खोजेका छन ।

प्रस्तावित निर्वाचन आयुक्त गुरु वाग्लेको सुनुवाइको क्रममा उनले यसबारे प्रष्टता खोजेका हुन ।

‘यो सकिन्छ, यसैपटक सकिन्छ भनेर प्रष्ट आएन,’ पुनाले भने, ‘विदेशमा रहेका नेपालीलाई मताधिकार दिन सकिन्छ भन्ने आयो । तर कसरी ? प्रश्न यथावत छ ।’

विदेशमा रहेका नेपालीलाई मताधिकार दिने प्रतिबद्धता जनाइरहँदा नेपालमै रोजगारी, पढाइ आदिका कारण स्थायी मतदान केन्द्रमा पुग्न नसक्नेहरू मतदानबाट बन्चित रहेको बताए ।

‘अन्तरजिल्ला मतदान बारे के हो ?,’ उनले भने, ‘यसलाई कसरी सम्बोधन गर्ने ?’

नो भोट र राइट टु रिकलबारे संविधान बनाउँदादेखि नै छलफल चलिरहेको स्मरण गरे। यसबारे प्रष्ट भएर अगाडि बढ्नुपर्ने उनको आग्रह छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?