+
+
Shares

सामाजिक सद्‌भाव कायम राख्न सबै दल एकजुट बन्नुपर्छ : पुन

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन १४ गते १७:३७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पूर्वमन्त्री वर्षमान पुनले मुलुकको सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम राख्न सरकार र सबै राजनीतिक दल एकजुट हुनुपर्नेमा जोड दिनुभएको छ ।
  • पुनले प्रधानमन्त्रीले अविलम्ब सर्वदलीय बैठक आयोजना गरी सबै पक्षलाई विश्वासमा लिनुपर्ने र गृहमन्त्रीले संसद्मा उठेका प्रश्नको जवाफ दिनुपर्ने माग गर्नुभएको छ ।
  • पुनले सशस्त्र प्रहरीको पूर्वसूचनाका बाबजुद गृह प्रशासनले सतर्कता नअपनाउनु दुःखद भएको बताउँदै समस्या समाधानका लागि राजनीतिक संवादमा जोड दिनुभएको छ ।

१४ साउन, काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्वमन्त्री वर्षमान पुनले मुलुकको सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम राख्न सरकार र सबै राजनीतिक दलहरू एकजुट हुनुपर्नेमा जोड दिएका छन् ।

बिहीबार संघीय संसद भवनबाहिर सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सांसद पुनले हालैका केही घटनाक्रमले सामाजिक सद्भाव बिथोलिन सक्ने जोखिम बढेको भन्दै यसतर्फ सबैको ध्यानाकर्षण गराएका हुन् ।

पुनले सामाजिक सद्भावको विषय कुनै दल विशेषको मात्र नभई राष्ट्रिय सरोकारको विषय भएको उल्लेख गरे ।

सरकारको भुमिका र जिम्मेवारीका सम्बन्धमा बोल्दै पुनले प्रधानमन्त्री र गृहमन्त्रीले यस्ता संवेदनशील विषयमा अभिभावकत्व ग्रहण गर्नुपर्ने बताए ।

प्रधानमन्त्रीले अविलम्ब सर्वदलीय बैठक आयोजना गरी सबै पक्षलाई विश्वासमा लिनुपर्ने र गृहमन्त्रीले संसद्मा उठाइएका प्रश्नहरूको चित्तबुझ्दो जवाफ दिनुपर्ने माग पनि उनले गरे ।

‘नेपाल बहुजातीय, बहुभाषिक र बहुधार्मिक मुलुक हो। हाम्रो राज्य व्यवस्था र समाजले यो बहुलतालाई स्वीकारिसकेको छ । कुनैपनि जाति वा सम्प्रदायले सामाजिक सद्भाव खलबलिने गतिविधि गर्नु हुँदैन,’ पुनले भने, ‘सशस्त्र प्रहरी बलले तीन वर्षअघि नै यस्ता घटना घट्न सक्ने प्रक्षेपणसहितको प्रतिवेदन दिएको भएपनि गृह प्रशासनले पूर्वतयारी र सतर्कता अपनाउन नसक्नु दु:खद् हो ।’

सुरक्षा संयन्त्रको कमजोरी औंल्याउँदै पूर्वमन्त्री पुनले समस्या समाधानका लागि प्रशासनिक बल प्रयोग वा सेना परिचालन गर्नुभन्दा पहिले राजनीतिक संवाद, स्थानीय सरकारको समन्वय र सामाजिक संघसंस्थाको परिचालन गर्नुपर्नेमा उनले जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?