+
+
Shares

हाम्रो कार्यालयले अडिट मात्र गर्ने हो, प्रश्न सरकारलाई गर्नुहोस् : महालेखा परीक्षक

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन २६ गते १३:२९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • महालेखा परीक्षक तोयम रायाले आफ्नो कार्यालयको मुख्य जिम्मेवारी अडिट गर्ने मात्र भएको स्पष्ट पारेका छन्।
  • सांसदहरूले उठाएको प्रश्नमा उनले डकुमेन्ट राख्ने र मिनाहा गर्ने अधिकार सरकारमा निहित रहेको उल्लेख गरे।
  • महालेखा परीक्षकको प्रतिवेदन अनुसार हाल १ खर्ब ४७ अर्ब रुपैयाँ बराबरको लेखा परीक्षण हुन सकेको छैन।

२६ साउन, काठमाडौं । महालेखा परीक्षक नियन्त्रक तोयम रायाले कार्यालयलाई संविधानले दिएको जिम्मेवारी अडिट गर्ने मात्र अधिकार रहेको भन्दै सांसदहरूले गर्ने प्रश्न सरकारतर्फ केन्द्रित हुनुपर्ने बताएका छन् ।

आज सार्वजनिक लेखा समितिमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै उनले भने, ‘हामी अडिट मात्र गर्ने निकाय हौं, डकुमेन्ट पनि हामीले राख्ने होइन, मिनाहा पनि हामीले ल्याएको होइन, हाम्रो टोली जाँदा लेखा परीक्षण हुन सकेन, क्षति भयो भनियो, यो रकम यति हो भनियो, त्यही विषय प्रतिवेदनमा लेखिएको हो ।’

अहिले केही दुर्गम भेगका कार्यालयमा बाहेक राजस्व नगद ४/५ दिनसम्म कार्यालयमा राख्ने प्रचलन नभएको समेत उनले स्पष्ट पारे । स्रेस्ता जलेको सन्दर्भमा मन्त्रालयहरूले नै स्पष्ट पार्नुपर्ने उनले बैठकमा जानकारी गराए । महालेखाको प्रतिवेदन अनुसार १ खर्ब ४७ अर्ब रुपैयाँ बराबरको लेखा परीक्षण हुन सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?