+
+
Shares

इलाम चुलाचुलीका लेखा अधिकृत र इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्दा

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन २६ गते १४:२२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • इलामको चुलाचुली गाउँपालिकाका लेखा अधिकृत मिलनकुमार भट्टराई र इन्जिनियर डिल्लीराज खड्काविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरिएको छ ।
  • पुल निर्माणको भुक्तानीमा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग छ लाख रूपैयाँ घुस लिएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरूविरुद्ध मुद्दा चलाएको हो ।
  • आयोगको टोलीले घुस रकम लिइसकेको अवस्थामा उनीहरूलाई पक्राउ गरी अनुसन्धान पूरा गरेपछि छ लाख रूपैयाँ बिगो कायम गरी आरोपपत्र दर्ता गरिएको छ ।

२६ साउन, काठमाडौं । इलामको चुलाचुली गाउँपालिकाका लेखा अधिकृत मिलनकुमार भट्टराई र इन्जिनियर डिल्लीराज खड्काविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको छ ।

पुलको डिजाइन स्वीकृत र ठेक्काको भुक्तानी प्रक्रियामा सहजीकरण गरिदिने भन्दै सवाग्राहीसँग घुस लिएको आरोपमा उनीहरूविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा  दायर गरेको हो ।

इटहरीबाट खटेको आयोगको टोलीले सेवाग्राहीसँग ६ लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा उनीहरूलाई पक्राउ गरी अनुसन्धान अगाडि बढाएको थियो ।

अनुसन्धानको क्रममा दुवै जनाको मिलोमतोमा सेवाग्राहीसँग ६ लाख रुपैयाँ घुस लिएको पाइएको भन्दै आयोगले उनीहरूलाई ६  लाख रूपैयाँ बिगो कामय गरी मुद्दा दायर गरिएको आरोपपत्रमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?