News Summary
Generated by OK AI. Editorially reviewed.- वीरगञ्जस्थित नारायणी अस्पतालमा सर्प दंशविरुद्ध लगाइने एन्टी स्नेक भेनमको मौज्दात सकिएको छ ।
- अस्पतालका प्रवक्ता डा. उदयनारायण सिंहले स्वास्थ्य विभागबाट ४० भाइल औषधि प्राप्त हुने र त्यो दुई दिनलाई समेत नपुग्ने जानकारी दिए।
- अस्पतालमा दैनिक कम्तीमा आठ जना सर्पदंशका बिरामी आउने गरेकामा दुई जनालाई एन्टी स्नेक भेनम अनिवार्य आवश्यक पर्ने गरेको छ ।
२६ साउन, काठमाडौं । वीरगञ्जस्थित नारायणी अस्पतालमा सर्प दंशविरुद्ध लगाइने एन्टी स्नेक भेनम (एएसभी) अभाव भएको छ ।
अस्पताल प्रशासनले मंगलबार सूचना निकालेर अस्पतालमा एएसभीको मौज्दात सकिएको जनाएको छ ।
अस्पतालका प्रवक्ता एवं सूचना अधिकारी डा. उदयनारायण सिंहले दुई दिनदेखि एन्टी स्नेक भेनम अस्पतालमा नरहेको जानकारी दिए ।
उनले अनलाइनखबरसँग भने, ‘दुई दिनदेखि अस्पतालमा एन्टी स्नेक भेनम सकिएको छ । यसबारे विभागमा जानकारी गराइसकिएको र विभागले ४० भाइल जनकपुर पठाइसकेको जानकारी पाएको छु । भोलिसम्म अस्पताल आइपुग्छ होला ।’
उनले थपे, ‘४० भाइल पर्याप्त भने होइन । यो दुई पनि पुग्न मुस्किल छ ।’
अस्पतालमा दैनिक कम्तीमा पनि ८ जना सर्पले डसेका बिरामी आउने गरेको र ती मध्ये दुई जनामा एन्टी स्नेक भेनम लगाउनुपर्ने उनले बताए ।
हेर्नुहोस् सूचना :

प्रतिक्रिया 4