+
+
Shares

स्मार्ट सेल प्रकरणमा सीआईबी प्रतिवेदन : २२ प्रतिवादी, ९६ अर्ब बिगो दाबी गर्नुपhomeर्ने राय

ब्युरोले स्मार्ट सेलका प्रबन्ध निर्देशक र कर्मचारीसहित २२ जनालाई प्रतिवादी बनाउनुपर्ने राय दिएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन २६ गते १७:०५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • स्मार्ट सेल घोटाला प्रकरणको अनुसन्धान सकेर केन्द्रीय अनुसन्धान ब्युरोले जिल्ला सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाएको छ।
  • सीआईबीले २२ जनालाई प्रतिवादी बनाउनुपर्ने र करिब ९६ अर्ब रुपैयाँ बिगो मागदाबी हुनुपर्ने राय दिएको छ।
  • सरकारी वकिल कार्यालयले प्रतिवेदन अध्ययन गरेपछि काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गर्ने तयारी गरेको छ।

२६ साउन, काठमाडौं । स्मार्ट सेल घोटाला प्रकरणको अनुसन्धान सकेर केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले प्रतिवेदन बुझाएको छ ।

सीआईबीका प्रवक्ता तथा एसएसपी अनुपम शमशेर जबराका अनुसार गत शुक्रबार नै जिल्ला सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाइएको हो । सीआईबीले बुझाएको प्रतिवेदनमा २२ जनालाई प्रतिवादी बनाउनु पर्ने राय दिइएको छ ।

तत्कालीन स्मार्ट सेलका प्रबन्ध निर्देशक ६ जना, स्मार्ट सेल खरिद कर्ता ३ जना, एनसेलका ९ जना, नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका २ जना, दूरसञ्चार प्राधिकरणका १ जना लगायत गरी २२ जनालाई प्रतिवादी बनाउनु पर्ने राय छ ।

त्यस्तै करिब ९६ अर्ब बिगो मागदाबी हुनुपर्ने राय पनि सीआईबीको छ । सीआईबीको अनुसन्धान प्रतिवेदन अध्ययनपछि सरकारी वकिल कार्यालयले काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गर्नेछ ।

दूरसञ्चार सेवा प्रदायकको सम्पत्ति व्यवस्थापन नियमावली, २०७९ को नियम १८ बमोजिम सम्पूर्ण सम्पत्ति, दूरसञ्चार पूर्वाधार, संरचना, दूरसञ्चार प्रणाली, दूरसञ्चार सञ्जाल नेपाल दूरसञ्चार प्राधिकरणले नियन्त्रणमा लिएकोमा नेपाल सरकारको सम्पत्ति बेइमानीपूर्वक नेपाल सरकारको हक टुटाउने उदेश्यका साथ काम भएको सीआईबीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?