+
+
Shares

फ्लेम अवार्ड्स एसियामा नेपालको शानदार प्रदर्शन, १७ अवार्ड हात पार्न सफल

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन २६ गते १७:१२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फ्लेम अवार्ड्स एसिया २०२६ मा नेपाली एजेन्सीहरूले शानदार प्रदर्शन गर्दै कुल १७ वटा अवार्ड जितेका छन्।
  • आउटरीच नेपाल, लेमन र डिजिटल इनलगायतका नेपाली एजेन्सीहरूले १३ गोल्ड, ३ सिल्भर र १ ब्रोन्जसहित १७ अवार्ड हात पारेका हुन्।
  • आउटरीच नेपालका संस्थापक उजय शाक्यले यो उपलब्धि नेपालका लागि गर्वको क्षण भएको बताएका छन्।

२६ साउन, काठमाडौं । फ्लेम अवार्ड्स एसिया २०२६ मा नेपाली एजेन्सीहरूले शानदार प्रदर्शन गर्दै कुल १७ अवार्ड जितेका छन्। आउटरीच नेपाल, लेमन र डिजिटल इनले मात्रै १३ गोल्ड, ३ सिल्भर र १ ब्रोन्जसहित १७ अवार्ड हात पारेका हुन्।

अगस्ट ७ मा नयाँ दिल्लीस्थित ताज भिभान्त, द्वारकामा आयोजित समारोहमा विजेता एजेन्सीलाई अवार्ड प्रदान गरिएको हो। विभिन्न अग्रणी अन्तर्राष्ट्रिय तथा स्वदेशी ब्रान्डका लागि तयार गरिएका क्रिएटिभ क्याम्पेनले यी अवार्ड जितेका हुन्।

रुरल मार्केटिङ एसोसिएसन अफ इन्डिया (आरएमएआई)ले आयोजना गर्दै आएको फ्लेम अवार्ड्सले भारत तथा एसियाका उदीयमान बजारमा उत्कृष्ट मार्केटिङ तथा कम्युनिकेसन कार्यलाई सम्मान गर्दै आएको छ। उपभोक्ता अन्तर्दृष्टि, नवीनता, सिर्जनशीलता, प्रविधि, समुदायको सहभागिता तथा मापनयोग्य प्रभावका आधारमा उत्कृष्ट कामलाई अवार्ड प्रदान गरिन्छ।

यस वर्षको फ्लेम अवार्ड्स नेपालका लागि विशेष रह्यो। नेपालका पाँच एजेन्सीले विभिन्न विधामा अवार्ड जितेका छन्। आउटरीच नेपाल, लेमन र डिजिटल इनसँगै स्टर्म कम्युनिकेसन नेपाल तथा डीटूओ ल्याब्सले पनि अवार्ड हात पारेका छन्।

नेपाल, भारतलगायत दक्षिण एसियाका अग्रणी एजेन्सी तथा संस्थाबीच कडा प्रतिस्पर्धा हुने क्षेत्रीय मञ्चमा नेपाली एजेन्सीहरूले उल्लेख्य सफलता हासिल गर्नु महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।

यस वर्षको निर्णायक समितिको नेतृत्व थिंक ९ कन्ज्युमर टेक्नोलोजिजका संस्थापक तथा निर्देशक सन्तोष देसाईले गरेका थिए। भारत, बंगलादेश, नेपाल, भियतनाम, फिलिपिन्स र श्रीलंकालगायत विभिन्न देशका ४० भन्दा बढी निर्णायक सदस्यले अवार्डका लागि प्राप्त प्रविष्टिको मूल्यांकन गरेका थिए।

आउटरीच नेपालका संस्थापक तथा एडभर्टाइजिङ एसोसिएसन अफ नेपालका प्रथम उपाध्यक्ष उजय शाक्यले यो उपलब्धि नेपालका लागि गर्वको क्षण भएको बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?