२६ साउन, काठमाडौं । लमजुङमा गाँजा किनबेचका क्रममा विवाद हुँदा महिलाको हत्या भएको खुलेको छ । जिल्ला प्रहरी कार्यालय लमजुङका अनुसार यो घटना राईनास नगरपालिका–६ फूलबारीको हो ।
प्रहरीका अनुसार शुक्रबार स्थानीय ७५ वर्षीया काली सार्की आफ्नै घरको कोठाको खाटमुनि घाँटीमा धारिलो हतियारले काटिएको अवस्थामा फेला परेकी थिइन् ।
उक्त घटनाको अनुसन्धान गर्ने क्रममा सोही ठाउँ घर भएका ४८ वर्षीय प्रेम अच्छामीको संलग्नता खुलेको प्रहरीले जनाएको छ ।
अच्छामीले गाँजा किन्ने क्रममा पैसाको विवाद हुँदा हसियाले काटेर हत्या गरेको र मृतकको कान र घाँटीमा लगएको सुनको मुन्द्रा र तिलहरी चोरी लगेको खुलेको प्रहरीले जनाएको छ ।
अभियुक्त अच्छामीलाई सोमबार पक्राउ गरेर मंगलबार लमजुङ जिल्ला अदालतकाबाट पाँच दिनको म्याद लिई अनुसन्धान गरिरहेको प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर क्षेत्रीले जानकारी दिएका छन् ।
प्रतिक्रिया 4