+
+
Shares

कोशी प्रदेश सरकारबाट कांग्रेस मन्त्रीहरूले राजीनामा दिँदै

नेकपा एमाले र नेकपाबीच सत्ता समीकरण बनेपछि कोशीमा कांग्रेसका मन्त्रीहरूले आज राजीनामा दिने भएका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन २७ गते १५:५१
फाइल तस्वीर

२७ साउन, विराटनगर । कोशी प्रदेशको सत्ता समीकरण फेरिएपछि नेपाली कांग्रेस सरकारबाट बाहिरिने भएको छ ।

नेकपा एमाले र नेकपाबीच सत्ता समीकरण बनेपछि कोशीमा कांग्रेसका मन्त्रीहरूले बुधबार राजीनामा दिने भएका हुन् ।

कांग्रेसका कोशी प्रदेशसभा संसदीय प्रमुख सचेतक गोपाल तामाङका अनुसार आज कांग्रेस सरकारबाट बाहिरिने छ ।

कोशी प्रदेश सरकारमा नेपाली कांग्रेसबाट एक राज्यमन्त्रीसहित ५ जना मन्त्रीहरू छन् ।

भौतिक पूर्वाधार विकासमन्त्री प्रदीप सुनुवार, स्वास्थ्यमन्त्री मानबहादुर लिम्बू, उद्योग, कृषि तथा सहकारीमन्त्री इस्राइल मन्सुरी, पर्यटन, वन तथा वातावरणमन्त्री भीम पराजुली र भौतिक पूर्वाधार विकास राज्यमन्त्री शोभा चेम्जोङले राजीनामा दिनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?