+

एसीसी प्रिमियर कपको तालिका परिमार्जन, नेपालको पहिलो खेल बहराइनसँग

२०८३ साउन  २७ गते १७:१९ २०८३ साउन २७ गते १७:१९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मलेसियामा आयोजना हुने एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको खेलतालिकामा सामान्य परिमार्जन गरिएको छ।
  • नेपालले आफ्नो पहिलो खेल अब ३१ अगस्टमा बहराइनविरुद्ध खेल्ने तालिका सार्वजनिक भएको छ।
  • सन्दीप लामिछानेको कप्तानीमा १४ सदस्यीय नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा यसअघि नै भइसकेको छ।

२७ साउन, काठमाडौं । मलेसियामा आयोजना हुने एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको खेलतालिका परिमार्जन भएको छ । यसअघि नेपालको खेल १ सेप्टेम्बरका लागि तय भएकोमा अब ३१ अगस्टमा हुनेछ ।

समूह ‘ए’ मा रहेको नेपालले पहिलो खेलमा ३१ अगस्टमा बहराइनसँग खेल्नेछ । यस समूहमा नेपालसँगै बहराइन, हङकङ, आयोजक मलेसिया र साउदी अरेबिया छन् । समूह ‘बी’ मा यूएई, ओमान, कुवेत, कतार र सिंगापुर रहेका छन्।

नेपालले त्यसपछि ३ सेप्टेम्बरमा आयोजक मलेसिया, ६ सेप्टेम्बरमा साउदी अरेबिया र ८ सेप्टेम्बरमा हङकङसँग प्रतिस्पर्धा गर्नेछ ।

समूह चरणपछि दुवै समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन्। सेमिफाइनलका खेलपछि तेस्रो स्थानको खेल र फाइनल आयोजना हुनेछ।

ओडीआई फर्म्याटमा हुने प्रिमियर कपको विजेता टोलीले आगामी वर्ष हुने एसिया कपमा स्थान बनाउने छ ।

प्रतियोगिताका लागि नेपालले सन्दीप लामिछानेको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरिसकेको छ।

नेपाली टोली : सन्दीप लामिछाने (कप्तान), रोहितकुमार पौडेल, आसिफ शेख, अर्जुन कुमाल, देव खनाल, दीपेन्द्रसिंह ऐरी, बसिर अहमद, इसान पाण्डे, गुल्सनकुमार झा, शेर मल्ल, ललितनारायण राजवंशी, करण केसी, हेमन्त धामी र सन्दीप जोरा रहेका छन् ।

एसीसी प्रिमियर कप नेपाली क्रिकेट टोली

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय