+
यू-१५ वर्ल्ड कप एण्ड फेस्टिभल :

नेपालले यू-१५ वर्ल्ड कप एण्ड फेस्टिभलमा सहभागिता जनाउने

२०८३ साउन  २८ गते २०:१५ २०८३ साउन २८ गते २०:१५

फिफाको ब्युरो अफ काउन्सिलको मिटिङले २५ जुनमा अजरवैजानमा २२ देखि ३२ अक्टोबरमा आयोजना गर्ने निर्णय गरेको थियो । 

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपालको यू-१५ फुटबल टोली अजरवैजानमा हुने फिफा यू-१५ वर्ल्ड कप एण्ड फेस्टिभलमा सहभागी हुने भएको छ ।
  • एन्फा निलम्बनमा रहे पनि यो प्रतियोगिता युथ फेस्टिभल भएकाले नेपालले खेल्न पाउने एन्फाका प्रवक्ता सुरेश शाहले जानकारी दिए ।
  • प्रतियोगिताका लागि जिल्ला, प्रदेश हुँदै राष्ट्रिय स्तरसम्मको खेलाडी छनोट प्रक्रिया अगष्ट १६ देखि सुरु हुने भएको छ ।

काठमाडौं । नेपालको उमेर समूहको फुटबल टिमले अजरवैजानमा हुने फिफा यू-१५ वर्ल्ड एण्ड फेस्टिभलबमा सहभागिता जनाउने भएको छ ।

फिफाको ब्युरो अफ काउन्सिलको मिटिङले २५ जुनमा अजरवैजानमा २२ देखि ३२ अक्टोबरमा आयोजना गर्ने निर्णय गरेको थियो ।

त्यसका लागि फिफाको २११ वटै सदस्य राष्ट्रलाई आमन्त्रण गरेको र सबैले सहभागिता जनाउने पाउने प्रावधान अनुसार नेपालले पनि खेल्ने भएको निलम्बनमा रहेको अखिल नेपाल फुटबल संघ (एन्फा)का प्रवक्ता सुरेश शाहले जानकारी दिए । फुटबलले विश्वलाई जोड्छ: हरेक प्रतिभालाई एक अवसर भन्ने नाराका साथ यो यू-१५ वर्ल्ड एण्ड फेस्टिभल हुन लागेको हो ।

हाल नेपाली फुटबलको सर्वोच्च निकाय एन्फा फिफाकै निलम्बनमा छ ।

तर यो मुख्य प्रतियोगिता भन्दा फरक रहेको र यू-१५ वर्ल्ड कप एण्ड फेस्टिभल भएकोले नेपालले खेल्न पाउने भएको शाहले जानकारी दिए । ‘निलम्बन अघि नै हाम्रो नाम यू-१५ वर्ल्ड कप एण्ड फेस्टिभलको लागि दर्ता भइसकेको थियो । यसमा विश्वभर रहेका फिफाको सबै सदस्य राष्ट्रले खेल्न पाउनेछ । यसको लागि कुनै छनोट प्रतियोगिता पनि हुँदैछ । त्यसैले नेपाललाई पनि यसमा खेल्न दिन लागेको हो ।’ शाहले भने ।

फिफाले संसारभरमा युवा प्रतिभाहरुका लागि पहिलो पटक यू-१५ वर्ल्ड कप एण्ड फेस्टिभल आयोजना गर्न लागेको हो । यस प्रतियोगिताको आयोजक घोषणा भएकै दिन फिफाले एन्फालाई निलम्बन गरेको थियो ।

उनले यु-१५ वर्ल्ड कप एण्ड फेस्टिभलका लागि जिल्ला, प्रदेश हुँदै राष्ट्रिय स्तरमा छनोट गरेर टिम छानिने बताए ।

शाहका अनुसार नेपालको जिल्ला छनोट १६ देखि २५ अगष्ट सम्म र प्रदेश छनोट २८ देखि ३९ अगष्ट सम्म हुनेछ । यस्तै राष्ट्रिय स्तरको छनोट ३ देखि ६ सेप्टम्बरसम्म हुनेछ । सेप्टेम्बर १० मा प्रारम्भिक सुची पठाउनुपर्नेछ भने अक्टोबर ७ मा अन्तिम सूची बुझाउनुपर्नेछ ।

यस यु-१५ वर्ल्ड कप एण्ड फेस्टिभलमा सहभागिताको विषयमा आज भर्चुअल मिटिङ भएको र अब एन्फाले खेलाडी छनोटको प्रक्रिया सुरु गर्ने प्रवक्ता शाहले जानकारी दिए ।

हाल एन्फा फिफाको निलम्बनमा हुँदा नेपालको सबै अन्तर्राष्ट्रिय सहभागिता रोकिएको छ भने घरेलु फुटबल गतिविधि पनि ठप्प बनेको छ ।

FILE PHOTO

यू-१५ वर्ल्ड कप एण्ड फेस्टिभल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय