News Summary
Generated by OK AI. Editorially reviewed.- लिनिङ १४औँ पुष्पलाल स्मृति राष्ट्रिय वरीयता ब्याडमिन्टन प्रतियोगितामा महिला युगलतर्फ नङ्गशल तामाङ र रिहाना सेरचनको जोडी अन्तिम आठमा प्रवेश गरेको छ ।
- प्रतियोगिताअन्तर्गत पुरुष यू–१५ तथा यू–१९ एकलतर्फका विभिन्न खेलमा उत्कृष्ट प्रदर्शन गर्दै सुहम कार्की, कविर केसी लगायतका खेलाडीहरू क्वार्टरफाइनलमा पुगेका छन् ।
- नेपाल खेलकुद महासंघअन्तर्गत राष्ट्रिय ब्याडमिन्टन संघको आयोजनामा भइरहेको सो प्रतियोगितामा महिला यू–१९ एकलतर्फ निभा राईसहितका खेलाडीहरूले अन्तिम आठमा स्थान पक्का गरेका छन् ।
२८ साउन, काठमाडौं । सिटिजन बैंककी नङ्गशल तामाङ र एपीएफकी रिहाना सेरचनको जोडी लिनिङ १४औँ पुष्पलाल स्मृति राष्ट्रिय वरीयता ब्याडमिन्टन प्रतियोगिता २०८३ को महिला युगलतर्फ अन्तिम आठमा प्रवेश गरेको छ ।
सहआयोजक यल स्पोर्ट्स एकेडेमीको कभर्डहलमा भएको खेलमा तामाङ र सेरचनको जोडीले नेपाल पुलिस क्लबका श्रेया बज्राचार्य र अश्मिता खत्रीको जोडीलाई २१–१५, २३–२१ ले पराजित गर्दै क्वार्टरफाइनलमा स्थान बनाएको हो ।
चितवनकी सुषमा भुजेल र कास्कीकी दिलाशा रानाको जोडीले आर्मीका अनुमाया राई र समृद्धि श्रेष्ठको जोडीलाई २१–८, २१–८ ले तथा सुर्खेतकी निर्भिता शाही र निशा सिंहको जोडीले मेघा शर्मा र लिला थापाको जोडीलाई २१–१०, २१–१७ ले हराउँदै अन्तिम आठमा स्थान बनाए ।
नेपाल खेलकुद महासंघअन्तर्गत राष्ट्रिय ब्याडमिन्टन संघको आयोजनामा भइरहेको प्रतियोगिताको पुरुष यू–१५ एकलतर्फ धन्यन्तरीका सुहम कार्की, कञ्चनपुरका उदय चन्द, सिन्धुली ब्याडमिन्टन एकेडेमीका दीप थिङ र आर्मीका सामन्त भद्र बज्राचार्य क्वार्टरफाइनलमा पुगे ।
सुहमले आर्मीका रिजन मगरलाई २१–१४, २१–१९, उदयले बालकुमारी रिमिक्सका प्रज्वल बज्राचार्यलाई २१–९, २१–११, दीपले आर्मीका आशुतोष कसौधनलाई २१–८, २१–१० तथा सामन्तले सूर्यदर्शनका सोनम वलीलाई २१–१९, २१–९ ले पराजित गरे ।
यस्तै कञ्चनपुरका आशिष खत्री, नेपाल पुलिस स्कुल काभ्रेका प्रनिश कार्की, धन्यन्तरीका सुशान्त प्रजापती र आर्मीका सुनद राजकोटीले पनि अन्तिम आठमा स्थान बनाए ।
महिला यू–१९ एकलतर्फ फिटनेस स्पोर्ट्सप्लेक्सकी निभा राई, एपीएफकी रिहाना सेरचन, अजरेन्का सेरचन र स्वर्लिन श्रेष्ठ, पुलिसकी अश्मिता खत्री, सुनसरी ब्याडमिन्टन एकेडेमीकी सुविज्ञा दाहाल, आर्मीकी समृद्धि श्रेष्ठ तथा कास्कीकी दिलाशा राना क्वार्टरफाइनलमा पुगे ।
पुरुष यू–१९ एकलतर्फ नेपाल पुलिसका कविर केसी, आर्मीका सौर्य महर्जन, सुदन राजकोटी र सिन्धुली ब्याडमिन्टन एकेडेमीका दीप थिङले अन्तिम आठमा स्थान पक्का गरे। आर्मीका सुप्रिम पन्त, सदीप राई, रिजन मगर र सुविन श्रेष्ठ बीले पनि क्वार्टरफाइनलको यात्रा तय गरेका छन् ।
प्रतिक्रिया 4