News Summary
Generated by OK AI. Editorially reviewed.- रोल्पाको सुनछहरी गाउँपालिका–२ मा गएको पहिरोमा परी तीन जनाको मृत्यु भएको छ ।
- मृत्यु हुनेमा ७७ वर्षीय वीरबहादुर घर्तीमगर, ६८ वर्षीया शनि घर्तीमगर र ७० वर्षीया लली घर्तीमगर रहेका छन् ।
- सोही स्थानमा पहिरोले घर पुरिँदा ६० वर्षीय लादे घर्तीमगर बेपत्ता भएका छन् र उनको खोजी भइरहेको छ ।
२९ साउन, रोल्पा । सुनछहरी गाउँपालिका–२ मा पहिरो जाँदा तीन जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् । सुनछहरी गाँउपालिका–२ फलबाङ्गका वीरबहादुर घर्तीमगरको घर पहिरोले पुरिएको हो ।
घरमा रहेका ७७ वर्षीय वीरबहादुर घर्ती मगर, ६८ वर्षीया शनि घर्ती मगर र ७० वर्षीया लली घर्तीमगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी निरीक्षक कृष्ण श्रेष्ठले जानकारी दिए ।
उक्त घरमा बसेका तीन जनानै मृत्यु भएको प्रहरीले बताएको छ ।
त्यस्तै, सुनछहरी–२ कै गिट्ठेमा बस्ने अन्दाजी ६० वर्षीय लादे घर्तीमगरको घर पनि पहिरोले परेको छ । पहिरोले पुरिएर उनी पनि बेपत्ता भएको वडाध्यक्ष कृष्णबहादुर बुढाले बताए ।
उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4