News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल प्रज्ञा-प्रतिष्ठानको प्राज्ञ परिषद् बैठकले हरेक वर्ष मोती जयन्तीका अवसरमा राष्ट्रिय गजल दिवस मनाउने निर्णय गरेको छ।
२९ साउन, काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानले यस वर्षदेखि राष्ट्रिय गजल दिवस मनाउने भएको छ । हरेक वर्ष कुशे औँसीका साहित्यकार मोतीराम भट्टको सम्झनामा मोती जयन्ती मनाउने गरिएको थियो ।
नेपाल प्रज्ञा–प्रतिष्ठानको आज बसेको प्राज्ञ परिषद्को बैठकले यसै वर्षदेखि मोती जयन्तीको दिन राष्ट्रिय गजल दिवस मनाउने निर्णय गरेको हो ।
मोतिराम भट्टलाई नेपाली साहित्यमा गजल विधाका पिता तथा पहिलो गलजकार मानिन्छ ।
भर्खरै मात्रै प्रज्ञा प्रतिष्ठानमा उपकुलपतिसहित अन्य परिषद् सदस्यहरुको नियुक्ति भएको थियो । नियुक्तिपछि परिषद्को पहिलो बैठकले विभिन्न निर्णयहरू गरेको हो ।
यसै बैठकले सुदूरपश्चिम साहित्य महोत्सव आयोजना गर्ने निर्णय समेत गरेको छ । सदस्यहरूलाई विभागीय जिम्मेवारी बाँडफाँड पनि गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4