+
+
Shares

प्रतापपुर गाउँपालिका अध्यक्ष यादवलाई पक्राउ गर्न बाटो खुला

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन २९ गते १४:४३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • उच्च अदालत तुलसीपुर, बुटवल इजलासले प्रतापपुर गाउँपालिका अध्यक्ष उमेशचन्द्र यादव विरुद्धको पक्राउ पुर्जी सम्बन्धमा जारी अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिने निर्णय गरेको छ ।
  • न्यायाधीशद्वय मिलनकुमार राई र ओमप्रसाद अर्यालको संयुक्त इजलासले प्रहरी कार्यालयबाट पेश भएका कागजात अध्ययन गर्दै उक्त आदेश जारी गरेको हो ।
  • अदालतको पछिल्लो आदेशसँगै अब गाउँपालिका अध्यक्ष यादवलाई पक्राउ गर्न प्रहरीका लागि कानूनी बाटो खुलेको छ ।

२८ साउन, बुटवल । उच्च अदालत तुलसीपुर, बुटवल इजलासले प्रतापपुर गाउँपालिकाका अध्यक्ष उमेशचन्द्र यादवका सम्बन्धमा यसअघि जारी भएको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिने निर्णय गरेको छ ।

संयुक्त इजलासका न्यायाधीश मिलनकुमार राई र ओमप्रसाद अर्यालले यस्तो आदेश गरेका हुन् ।

उमेशचन्द्र यादवले इलाका प्रहरी कार्यालय बेलाटारी, नवलपरासीसहितका विपक्षीविरुद्ध आफ्नो पक्राउ पुर्जी विरुद्द दायर गरेको रिट निवेदनमाथि सुनुवाइ गर्दै अदालतले विपक्षी प्रहरी कार्यालयबाट प्रस्तुत लिखित जवाफ तथा संलग्न कागजात अध्ययन गरेको आदेशमा उल्लेख छ ।

आदेशअनुसार, यादवलाई पक्राउ गर्न अनुमति माग्नुअघि विपक्षी प्रहरी कार्यालयले प्रारम्भिक अनुसन्धान गरेको थियो ।

इलाका प्रहरी कार्यालय बेलाटारीबाट जिल्ला प्रहरी कार्यालय नवलपरासीलाई पठाइएको लिखित जवाफ तथा कागजातका आधारमा पक्राउ अनुमति माग गरिएको विषय अदालतसमक्ष प्रस्तुत भएको थियो ।

प्रहरीले यादवविरुद्ध पक्राउ अनुमति माग गरेपछि नवलपरासी जिल्ला अदालतबाट साउन २० मा पक्राउ अनुमति प्राप्त भइसकेको देखिएको आदेशमा उल्लेख छ ।

त्यसपछि यादवको तर्फबाट उच्च अदालतमा रिट दायर गरी पक्राउ रोक्न माग गरिएको थियो ।

रिट निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ता धनजीव शर्मा तथा अधिवक्ताहरू गोविन्दसिंह थापा, महेन्द्रप्रसाद पाण्डे, श्रद्धा सुमन आचार्य र सञ्जिता पौडेलले बहस गरेका थिए ।

विपक्षी प्रहरी कार्यालयका तर्फबाट उच्च सरकारी वकिल कार्यालय बुटवलका उपन्यायाधिवक्ता हिमानन्द गौतम तथा विपक्षी सोमितकुमार हलुवाईका तर्फबाट अधिवक्ता नसरुल्लाह अन्सारीले बहस गरेका थिए ।

अदालतले यसअघि जारी गरेको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिँदै नियमबमोजिम गर्न आदेश गरेको छ ।

यो आदेशसँगै यादवलाई पक्राउ गर्न बाटो खुलेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?